बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

एमाओवादीको किसान महासंघमा फेरी चित्र बहादुर

बुधबार, २९ वैशाख २०७३, १९ : ३८
बुधबार, २९ वैशाख २०७३

बर्दिबास – अखिल नेपाल किसान महासंघ क्रान्तिकारीको सातौँ राष्ट्रिय महाधिवेशनबाट चित्र बहादुर श्रेष्ठ निर्वीरोध अध्यक्षमा चयन भएका छन् । महोत्तरीको बर्दिबासमा सम्पन्न सातौँ राष्ट्रिय महाधिवेशनबाट श्रेष्ठको नेतृत्वमा १ सय ७५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।

समितिको संघिय संरचना अनुसार गठन भएको नयाँ समितिमा ७ उपाध्यक्ष, १ महासचिव, ७ सचिव र एक कोषाध्यक्ष रहेको १७ पदाधिकारी रहेका छन् ।

समितिको उपाध्यक्षमा राम कुमार पौडेल, अगस्त अधिकारी, राधा तिमिल्सीना, रामप्रित केवट, ध्रुव ढकाल, दयाराम थापा र राम बहादुर ढकाल छन् ।

महासचिव विष्णु प्रसाद चौधरी चयन भएका छन् भने सचिवमा लेखराज रेग्मी, श्रीगोविन्द महर्जन, हरी नारायण महतो, नहेन्द्र खड्का, महेश्वर फुयाल, केपि बराल र टोप बहादुर खड्का छन् । कोषाध्यक्षमा आनन्दराम फु्याल छन् ।

नयाँ कार्यसमितिमा १ सय ६२जना महाधिवेशनबाट चयन भएका छन् भने बाँकी १३ सदस्य पछि मनोनित गरीने नव निर्वाचित सचिव नहेन्द्र खड्काले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप