नयाँ शक्तिको क्लिन काठमाडौं, ग्रीन काठमाडौं अभियान देशभरी विकेन्द्रित गरिने
बुधबार, २९ वैशाख २०७३, १९ : ४५
काठमाडौं - क्लिन काठमाडौं, ग्रीन काठमाडौं अभियानले सुरु गरेको २४ हप्ते क्लिन अभियान देशव्यापीरुपमा विकेन्द्रित गरिने भएको छ ।
अभियानका संयोजक गंगा श्रेष्ठका अनुसार यसअघि नै पोखरा, कैलालीलगायत उपत्यका बाहिरका कतिपय सहरमा बिस्तार भइसकेको अभियानलाई काठमाडौं उपत्यकामा पनि विकेन्द्रितरुपमै सञ्चालन गरिनेछ । ‘आगामी हप्तादेखि काठमाडौं, ललितपुर र भक्तपुरमा छुट्टाछुट्टै अभियान सञ्चालन हुन्छ,’ संयोजक श्रेष्ठले भन्नुभयो, ‘यो अभियान देशव्यापीरुपमा पनि सञ्चालन हुन्छ ।’
अभियानको आज काठमाडौंमा भएको बैठकले काठमाडौंमा अभियान सञ्चालनको लागि पिंकी गुरुङको संयोजकत्वमा क्लिन ग्रीन अभियानको काठमाडौं शाखा गठन भएको संयोजक श्रेष्ठले जानकारी दिए । अभियानले आगामी हप्ता जेठ १ गते शनिबार काठमाडौंका म्हेपी र त्यस आसपास सफाई अभियान सञ्चालन गर्ने योजना बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण