युएईमा नेपाली कामदारको स्वास्थ्य परिक्षणमा सहुलियत
युएई- दुबईको रसिदिया पोली क्लिनिकले नेपालीलाई स्वास्थ्य परिक्षणमा सहुलियत दिने भएको छ । नेपाली समाज युएई र रसिदिया पोली क्लिनिक बिच नेपालीलाई सहुलियत दिने स्वास्थ्य सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
समाजका महासचिव मणि भुर्तेलकाले युएईमा कार्यरत नेपालीको स्वास्थ्य उपचारमा सर्वसुलभ तरिकाले सेवा दिने उद्धेश्यका साथ सम्झौता भएको बँताउदै बिगतका दिनमा पनि युएईको विभिन्न ठाउँमा स्वास्थ्य शिबिर आयोजना गर्दै आएको नेपाली समाजले यो सम्झौता गरे संगै नेपालीले उक्त पोलिक्लिनिकमा सुलभ तरिकाले उपचार गराउन पाउने बँताएका छन्।
रसिदिया पोलिक्लिनिकका प्रमुख कार्यकारी अधिकृत मनु मह्दी र नेपाली समाजका अध्यक्ष चन्द्रप्रसाद सापकोटाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सहमतिमा नेपाली समाजको सयोजनमा निःशुल्क मेडिकल क्याम्पहरु गर्ने तथा विभिन्न समयमा नेपालीका लागि स्वास्थ्य सम्बन्धि शिक्षाको लागि जनचेतनामूलक कार्यक्रम गर्ने उल्लेख छ । यसैगरी कुनै पनि नेपाली उक्त क्लिनिकमा उपचारको लागि जाँदा २० प्रतिशत र औषधीमा ५ प्रतिशत छुट दिइने उल्लेख छ । भने नेपालीका लागि क्लिनिकले कार्डको व्यवस्था पनि गरिने जानकारी गराएका छन् ।
भुर्तेलका अनुसार निःशुल्क मेडिकल क्याम्प बाहेक क्लिनिकमा गएर स्वास्थ्य परिक्षण गराउदा नेपाली समाज युएईको साधारण सदस्य वा आजीवन सदस्यको रसिद उपलब्ध भएको खण्डमा सरल र सुलभ हुने छ । समाजले युएईमा कार्यरत नेपालीहरुलाई नेपाली समाजमा आबद्ध भई सर्वसुलभ सेवा लिई स्वास्थ्य रहन सबैलाई अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण