न्युरोडबाट हुन्डीको कारोबारमा संलग्न पन्ध्रजना पक्राउ
काठमाडौँ - प्रहरीले राजधानीको न्युरोड क्षेत्रमा सञ्चालित हुन्डीको कारोबारमा संलग्न पाँचजना सञ्चालकसहित १५ जनालाई आज साँझ पक्राउ गरेको छ । उनीहरूको साथबाट प्रहरीले रु एक करोड ७४ लाख ९९ हजार ६५० र चेकहरू बरामद गरिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले जानकारी दिए । प्रहरीले न्युरोडमा मोबाइल पसल सञ्चालन गर्दै आएका सुरेन्द्रकुमार गोयलबाट रु ५० लाख ६५ हजार नेपाली र एक लाख भारतीय रुपैयाँ, हुन्डीका लागि आएका ग्राहक प्रकाश शर्माबाट रु १५ लाख १३ हजार ५००, अर्का ग्राहक आकाश देवबाट रु १२ लाख ६६ हजार रकम प्राप्त गरेकै अवस्थामा बरामद गरेको छ । त्यसैगरी पशुपति प्लाजामा रहेको हंशमनी ट्रान्सफरबाट रु पाँच लाख, प्रभु मनि ट्रान्सफरबाट रु तीन लाख ४२ हजार बरामद गरेको छ । त्यस्तै नयाँ सडक क्षेत्रकै प्याफलमा रहेको शङ्कर अग्रवालको पसलबाट रु २९ लाख ५० हजार, अर्जुन कँडेलबाट रु ६ लाख ५० हजार, फुर्वा शेर्पाबाट रु १२ लाख प्रहरीले बरामद गरेको छ । महाशाखाको टोलीले पशुपति प्लाजामा रहेको पूर्णलक्ष्मी इन्टरप्राइजेजका सञ्चालक सूर्यकुमार शर्माबाट रु २० लाख, न्यु मारुति इन्टरप्राइजेजका सञ्चालक सन्दिप अग्रवालबाट रु १३ लाख बरामद गरेको छ । प्रमुख खनालले उनीहरूले अवैधरुपमा हुन्डीको कारोबार गरिरहेको र अस्ष्ट्रेलिया, बेलायत, थाइल्याण्ड र युएइमा हुन्डीमार्फत कारोबार गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण