चीनको सहयोगमा नेपालले भारतलाई धम्क्यायोः भारतीय सांसद
काठमाडौं– सत्तारुढ भारतीय जनता पार्टी(बिजेपी) का नेता तथा सांसद निशिकान्त दुबेले नेपालले चीनको सहयोगमा भारतलाई धम्क्याएको आरोप लगाएका छन । भारतीय तल्लो सदन लोकसभामा बुधबार नेपालबारे चर्को अभिव्यक्ति दिँदै उनले नेपालले आफ्नो राजदूतलाई चीनकै इशारामा फिर्ता बोलाएको समेत दाबी गरे । उनले नेपालका लागि भारतीय राजदूतलाई समेत फिर्ता पठाउने षड्यन्त्र भइरहेको दाबी गरे । नेपाल भारतविरुद्व गतिविधि गर्नेहरुको वासस्थान समेत भएको आरोप लगाउँदै नेपालकै कारण भारतले नक्कली भारुको समस्या समेत खेपिरहेको उनले दाबी गरे । ‘नेपाल कमजोर भएपनि चीनको सहयोगमा भारतलाई धम्क्याइरहेको छ’ नेपालविरुद्व खनिँदै उनले भने, ‘अब नेपालको सीमा क्षेत्रमा पनि भारतले पाकिस्तार बंगलादेशको बोर्डरमाजस्तै तारबार लगाउनुपर्छ ।’
तर, त्यसको प्रतिवाद गर्दै भारतीय कांग्रेसका सांसद सिंधियाले नेपाल असल छिमेकी भएकोले त्यस्तो आरोप लगाउन नहुनेमा जोड दिए । सिंधियालाई कांग्रेसका अन्य सांसदहरुले साथ दिएका थिए । तर, दुवेले जवाहर लाल नेहरु, इन्दिरा गान्धी र राजिव गान्धीले लिएको नेपालप्रतिको नीतिकै कारण अहिले समस्या आएको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण