बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

विद्यार्थी आन्दोलनको ऐतिहासिक र महत्वपूर्ण उपलब्धि

बुधबार, २९ वैशाख २०७३, २२ : ३०
बुधबार, २९ वैशाख २०७३
काठमाडौँ-  नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले सरकारले विद्यार्थीको शैक्षिक प्रमाणपत्रका आधारमा ऋण उपलब्ध गराउन गरेको निर्णय विद्यार्थी आन्दोलनको ऐतिहासिक र महत्वपूर्ण उपलब्धि भएको निष्कर्ष निकालेको छ । सङ्गठनको आज बसेको स्थायी समितिको बैठकले आगामी जेठ १ गते ५२औँ स्थापना दिवसका दिन सरकारको उक्त निर्णयलाई कार्यान्वयन गराउनका लागि एक हजारभन्दा बढी विद्यार्थीले काठमाडौँ उपत्यकामा म्याराथुन दौड गर्ने निर्णय गरेको सङ्गठनका सचिव आरसी लामिछानेले जानकारी दिए । त्यसैगरी बैठकले विगतको विद्यार्थी आन्दोलन तथा आगामी दिनमा विद्यार्थीको भूमिका विषयमा विसं २०३६ का विद्यार्थी नेताहरू टङ्क कार्की, बलबहादुर केसी र लीलामणि पोख्रेलका दृष्टिकोण तथा सुझाव सङ्कलन गर्ने निर्णय गरेको छ । यसैगरी शिक्षाविद् मनप्रसाद वाग्ले र विद्यानाथ कोइरालालाई सम्मान गर्ने निर्णय गरेको छ । बैठकले आगामी जेठ २ गते बस्ने सङ्गठनको पूर्ण बैठकको तयारी तथा विधान, राजनीतिक प्रतिवेदनमाथि छलफल गरेको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप