बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

भ्रष्टाचार र अनियमितताको संस्कार बढ्यो

बुधबार, २९ वैशाख २०७३, २२ : ३७
बुधबार, २९ वैशाख २०७३
डोटी –नेपालमा भ्रष्टाचार र अनियमितता संस्कारका रुपमा विकसित भएको आज यहाँ आयोजित एक कार्यक्रममा धारणा राखिएको छ । ‘डोटीको सिलगढीमा सम्पन्न भ्रष्टाचार न्यूनीकरणमा मिडियाको भूमिका’ विषयक कार्यक्रममा जिल्लास्थित सरोकारवालाले सो धारणा राखेका हुन् । विकास सञ्चार समाज नेपाल काठमाडाँैको अगुवाइमा भएको अन्तक्र्रियामा डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी केशवप्रसाद आर्चायले भ्रष्टाचार न्यूनीकरण गर्न नागरिक सचेत हुनुपर्ने र सञ्चारमाध्यमले समेत अनियमितताको प्रकृति हेरी सत्यतथ्य कुरा बाहिर ल्याउनुपर्नेमा जोड दिनुभयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग दिपायलका क्षेत्रीय प्रमुख राजन नेपालले भ्रष्टाचार कुनै पनि व्यक्तिले कसैको आड र दबाबमा गर्नेहुँदा सञ्चारमाध्यमसम्म सत्यतथ्य प्रमाण आउन नसक्ने र त्यसलाई कारबाहीको दायरामा ल्याउन प्रक्रियामै जानुपर्ने बताउनुभयो । पत्रकारको एक जिज्ञासामा नेपालले भ्रष्टाचारसम्बन्धी अख्तियारले लिने उजुरी धेरै प्रकारका भएकाले पनि समय र परिस्थितिअनुसार निर्दोषलेसमेत सफाई पाउने गरेको स्वीकार गर्नुभयो । तर आयोगले गर्ने छानबिनमा कुनै पनि शङ्का नगर्न नेपालको आग्रह थियो । सोडेक नेपालका महासचिव प्रकाश घिमिरेले अन्तक्र्रियामा उठेका सवाल राष्ट्रिय मुद्दाका रुपमा स्थापित गर्न आफूले प्रयास गर्ने बताउनु भयो । कार्यक्रममा जिल्लास्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, पत्रकारलगायतको उपस्थिति रहेको थियो । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप