बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

जबरजस्ती बन्द गराउँदै हिँड्ने ५ राजावादी कार्यकर्ता पक्राउ

बिहीबार, ३० वैशाख २०७३, ०९ : २४
बिहीबार, ३० वैशाख २०७३

काठमाडौं – जबरजस्ती बन्द गराउँदै हिड्ने ५ राजावादी कार्यकर्तालाई प्रहरीले बिहिबार बिहान पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी प्रद्युम्न कार्कीले स्वयम्भूबाट ४ र कालिमाटीबाट एक जनालाई पक्राउ गरिएको जानकारी दिए ।

उनको अनुसार उपत्यकामा बन्दको खासै प्रभाव परेको छैन भने प्रहरीले सुरक्षा व्यवस्था कडा पार्दा कुनै घटना भएको छैन। भित्रि सडकहरुमा यातायातका साधन नचलेपनि मुख्य सडकहरुमा निर्वाध रुपमा यातायत सञ्चालन भएका छन् । यस्तै बजार, शिक्षण संस्थाहरु पनि प्रायः खुलेका छन् ।

देशमा राजतन्त्र र हिन्दुराष्ट्र पुर्नबहाली हुनुपर्ने, महंगी तथा कालोबजारी रोकिनुपर्ने, धर्मनिरपेक्षताको खारेजी गरिनुपर्ने लगायतका माग राख्दै शाही युवा शक्ति नेपाल नामक राजाबादी संगठनले बिहिबार उपत्यका बन्दको आह्वान गरेको हो ।

जनाधारै नभएको संगठनले बन्द गरेर अनावश्यक दुःख दिएको भन्दै सर्वसाधरण भने आक्रोसित बनेका छन् ।

यसैबीच शाहि युवा शक्तिका अध्यक्ष पशुपति खड्काले प्रहरीले अनावश्यक धरपकड गरेको आरोप लगाउँदै पक्राउ परेका कार्यकर्ताको तत्काल रिहाईको माग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप