कनकमणिबाहेक साझा यातायातका पदाधिकारीले जरिवाना बुझाए
बिहीबार, ३० वैशाख २०७३, १२ : १७
काठमाडौं – तोकिएको मितिमा सम्पत्ति विवरण नबुझाएका साझा यातायात सञ्चालक समितिका पदाधिकारी, लेखा समितिका पदाधिकारी र कार्यरत कर्मचारीहरुले जरिवना रकम सहित सम्पत्ति विवरण बुझाएका छन् । समयमा सम्पत्ति विवरण नबुझाएको भन्दै अख्तियारले ३० दिनभित्र सम्पत्ति विवरण भरी तोकिएको निकायमा जरिवानासहित बुझाउन पत्र पठाएको थियो ।
अख्तियारका अनुसार उनीहरुले वैशाख २६ गते ५ हजार रुपैयाँ जरिवानासहित सम्पत्ति विवरण बुझाएका हुन् ।
साझा यातायात संचालक समितिका सदस्यहरू, लेखा समितिका संयोजक एवं सदस्यहरू र कार्यरत कर्मचारीहरूले उक्त जरिवाना रकम दाखिला गरेको तर संचालक समितिका अध्यक्ष कनकमणी दिक्षितले मात्र हाल सम्म उक्त जरिवाना रकम वुझाएको गरेको पाईएको अख्तियारले जनाएको छ ।
सम्पत्ति विवरण बुझाउनेहरु
साझा यातायात संचालक समितिको नामावलीः १. श्री शंकरराज जोशी, क्षेत्रपाटी, काठमाण्डौं सदस्य २. श्रीमती वन्दना थापा,गौरीधारा, काठमाण्डौं सदस्य ३. श्री भुषण तुलाधर,किर्तिपुर, ट्याङलाफाट सदस्य ४. श्री रुद्र पौडेल,कोटेश्वर, काठमाण्डौं सदस्य साझा यातायात लेखा समितिको नामावलीः १. श्री लक्ष्मी रत्न बज्राचार्य,थापागली -११, काठमाण्डौं संयोजक २. श्री मनोहर जि रौनियार,का.म.न.पा.-२४, काठमाण्डौं सदस्य ३. श्री माधव राज घिमिरे,नागार्जुन न.पा.-१२, काठमाण्डौं सदस्य साझा यातायातमा कार्यरत कर्मचारीहरुको नामावलीः १ महेन्द्र राज पाण्डेय का.मु.प्र. कार्यकारी अधिकृत २ गोपालप्रसाद पन्त लेखा अधिकृत ३ सुनिल महर्जन लेखा सहायक ४ धनराज दाहाल कार्यालय सहायक ५ नविन पौडेल कार्यालय सहायक ६ नारायण महर्जन मेकानिक हेल्पर ७ खडग बहादुर तामाङ मेकानिक हेल्पर ८ माया थापा मगर प्रशासन सहायक ९ राममाया श्रेष्ठ पियन १० राम बहादुर बस्नेत टाईम मेकर ११ महेन्द्र तामाङ टाईम मेकर १२ कृष्ण बहादुर रोक्का टाईम मेकर १३ राजेन्द्र खतिवडा टाईम मेकर १४ मधु थापा हल्का सवारी चालक १५ गणेश कुमार दुवाल मेकानिक १६ हिरामणी खनाल टाईम किपर १७ लेखनाथ फुयाल टाईम किपरखबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण