बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

लगातार चौंथो पटक रियल म्याड्रिड विश्वकै मूल्यवान क्लब

बिहीबार, ३० वैशाख २०७३, १२ : ३९
बिहीबार, ३० वैशाख २०७३

काठमाडौं – रियल म्याड्रिड लगातार चौंथो वर्ष विश्वकै धनी क्लब घोषित भएको छ । फोब्र्स पत्रिकाले प्रकाशन गरेको सूचीमा रियलको मूल्य ३.६४५ बिलियन अमेरिकी डलर रहेको छ । रियलले वार्षिक रुपमा ६९४ मिलियन आय आर्जन गर्ने गरेको पत्रिकाले जनाएको छ ।

दोस्रो स्थानमा रहेको अर्को स्पेनिस टोली बार्सिलोना थोरैले मात्र पछि रहेको छ । बार्सिलोनाको मूल्य ३.५४९ बिलियन अमेरिकी डलर रहेको छ ।

शीर्ष १० मा ६ वटा प्रिमियर लिगका टोली रहेका छन् । जसमा तेस्रो स्थानमा म्यान्चेस्टर युनाइटेड (२.३ बिलियन अमेरिकी डलर), पाँचौं स्थानमा आर्सनल (१.४ बिलियन अमेरिकी डलर), छैटौं स्थानमा म्यान्चेस्टर सिटी (१.३३ बिलियन अमेरिकी डलर), सातौं स्थानमा चेल्सी (१.१५ बिलियन अमेरिकी डलर), आठौं स्थानमा लिभरपुल (१.०७ बिलियन अमेरिकी डलर) र दशौं स्थानमा टोटन हम (७०४ मिलियन अमेरिकी डलर) रहेका छन् ।

जर्मन क्लब बायर्न म्युनिख चौंथो स्थानमा (१.८५ बिलियन अमेरिकी डलर) रहेको छ भने नवौं स्थानमा इटालियन क्लब युभेन्टस (९०० मिलियन अमेरिकी डलर) रहेको छ ।

यसअघि अर्को अध्ययनले रियल म्याड्रिड अमेरिकाको डालास काउब्वाईपछि विश्वकै दोस्रो धनी खेलकुदको टिम रहेको पनि देखाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप