बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

वैद्यलाई छाडेर बादलको पछि लाग्ने को–को ? (नामावलीसहित)

बिहीबार, ३० वैशाख २०७३, १२ : ४४
बिहीबार, ३० वैशाख २०७३

काठमाडौं– अध्यक्ष मोहन वैद्य किरणको विमतिकैबीच नेकपा–क्रान्तिकारी माओवादी महासचिव रामबहादुर थापा बादलको नेतृत्वमा एमाओवादीसँग एकीकृत हुँदैछ । रातोपाटीलाई प्राप्त विवरणअनुसार महासचिव बादलको नेतृत्वमा प्रवक्ता पम्फा भुषालसहितका प्रभावशाली १२७ जना नेताहरु एकीकृत माओवादीमा फर्किनुपर्ने भन्दै खुलेर लागेका छन् ।

यस्तै केहि नेताहरु भने एकताको पक्षमा रहेपनि अहिले कसैको पक्षमा पनि खुलेर नलागेको एक केन्द्रीय नेताले रातोपाटीलाई बताए ।

उनका अनुसार बादल समुह अहिले मोहन वैद्यलाई पनि पुरानै पार्टीमा फर्काउने प्रयासमा रहेको छ ।

यसका लागि उसले आगामी जेठ २ गतेसम्म वैद्यलाई पर्खिने छ  । जेठ २ गतेसम्म पनि वैद्य सहमतिमा नआए उनलाई छाडेर एकता संयोजन समिति घोषणा गर्ने बादल समुहको तयारी छ ।

२०६९ साल असार ४ गते मोहन वैद्यको नेतृत्वमा फुटेको माओवादी झण्डै चारवर्ष पुग्नैलाग्दा बादलको नेतृत्वमा एकीकृत हुन लागेको हो ।

१२७ मध्ये रातोपाटीलाई प्राप्त एकिकरणको पक्षमा  रहेका  केन्द्रीय नेताहरुको प्रारम्भिक नामावलीः

रामबहादुर थापा पम्फा भुसाल हितमान शाक्य नारायण शर्मा देब गुरुङ कुल प्रसाद शर्मा शर्मा, श्याम ढकाल सुर्य प्रकाश सुवेदी महेश्वर दाहाल मायाप्रसाद शर्मा यशोदा सुवेदी अमृता थापा पूर्ण घर्ती सावित्री काफ्ले दिलिप प्रजापति इद्र आङ्दे लक्ष्मण पन्त लक्ष्मणदत्त जोशी कणवीर बुढा कर्णजीत बुढा सञ्जय शाही, नरेश भण्डारी, हेमराम शर्मा, देबीलाल चौधरी, रुपक चौधरी नारायण अधिकारी, पशुराम रम्तेल, मुकुन्द श्रेष्ठ तारा घर्ती, राजकाजी महर्जन, दावा तामाङ, शिव श्रेष्ठ, मदन तामाङ निरु दर्लामी, देबेन्द्र पराजुली, रुद्र थापा मगर, धु्रव बढाथोकी, नरबहादुर दुलाल, शुशीला वाइबा, सरस्वती पोखरेल, हर्क नेम्वाङमनोट थापा, लेखबहादुर कुँवर, लेखनाथ न्यौपाने, होमकुमारी, ज्ञानु बस्नेत, देबकी मल्ल, नवराज न्यौपाने सुवास पुन, वीरबहादुर दाहाल, चन्द्रबहादुर बुढा, भानु श्रेष्ठ, लोकबहादुर थापा, पार्वती थापा, प्रतिमा श्रेष्ठ सीता आचार्य रेणु चौलागाईँ, श्याम यादव, रामनाथ सिंह, हिमशिखर, देवान राई, नबिन लिम्बू, अम्बर थापा, युवराज आचार्य, कर्मा शाही, देबी रसाइली, शान्तिमान घर्ती, एकराज थापा, श्याम किशोर यादव, सुरेन्द्र मेहता, देबनाथ यादव , राजन पौडेल, केएल श्रेष्ठ अनुप बराल , मञ्जली शाक्य, सत्य नारायण, अर्जुन छन्त्याल पारस शर्मा, रामलाल बिक, धनबहादुर बिक, विनय भण्डारी, नविन रिजाल, दिपेन्द्र श्रेष्ठ, दुर्गा राई, रत्ना ढकाल, शालिक काफ्ले, दीपक मैनाली, दिल्लीराम बोहरा, खिलबहादुर महत्तरा, लोचन केसी, धनजीन शाही

यसैबीच मणि थापा र मातृका यादव नेतृत्वको माओवादी पनि एमाओवादीसँग एकताको लागि जुटेको छ । एकताका लागि नेताहरुबीच १२ बुँदे सहमति समेत भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप