बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

कारबाहीका लागि संयुक्त ज्ञापनपत्र

बिहीबार, ३० वैशाख २०७३, १३ : १२
बिहीबार, ३० वैशाख २०७३

कलैया– बारा जिल्लाका राजनीतिक दलमध्ये १४ वटा राजनीतिक दलका प्रतिनिधिले कलैया नगरपालिका कार्यकारी अधिकृत सुरेश राउतको विरुद्ध कारबाहीका लागि बुधबार प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र दिएका छन् ।

कलैया नगरपालिकाको विकास निर्माण कार्यको प्रत्येक शीर्षकमा कमिसनको चलखेल गर्ने गरिएको, नगरपालिकालाई भ्रष्टको अखडा बनाएकोमा राजनीतिक दलले पटकपटक मौखिक सचेत गराउँदा पनि अटेर गरिरहेको हुनाले निजलाई सम्बन्धित निकायबाट कारबाही गर्न, १३ बुँदे माग पूरा गर्न, नगरेमा कडा सङ्घर्ष गर्ने पनि सो ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

सो संयुक्त ज्ञापनपत्रमा नेपाली काँग्रेस, नेकपा (एमाले), एनेकपा (माओवादी), राप्रपा नेपाल, मधेसी जनाधिकार फोरम लोकतान्त्रिक, तमलोपा, सङ्घीय समाजवादी फोरम, नेमकिपा, सद्भावना पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाली जनता दल, नेकपा संयुक्त, राप्रपा र राष्ट्रिय मधेस समाजबादी पार्टीका प्रतिनिधिले हस्ताक्षर गरेका छन् । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप