ट्र्याक्टरले ठक्कर दिँदा हुसैनको मृत्यु
महोत्तरी, बैशाख ३०– ट्र्याक्टरले ठक्कर दिँदा महोत्तरीको कोल्हुवा वगेयामा एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ ।
गएराति कोल्हुवा वगेया–९ स्थित बर्दिवास जलेश्वर सडकखण्डमा बर्दिवास तर्फबाट बखरी चौकतर्फ आउँदै गरेको ज ७ प ४१७८ नंको मोटरसाईकललाई सोही दिशामा आउँदै गरेको ज १ त ५७५८ नंको ट्र्याक्टरले पछाडिबाट ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक कोल्हुवा वगेया–५ का २४ वर्षीय बब्लु अन्सारी भन्ने सादिक हुसैनको मृत्यु भएको छ ।
गम्भीर घाइते भएका हुसैनलाई थप उपचारका लागि जलेश्वरतर्फ ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, सोही घटनामा परी गम्भीर घाइते भएका २८ वर्षीय नजरे साह र ११ वर्षीया निखत खातुनको अवस्था गम्भीर भएकाले थप उपचारका लागि अञ्चल अस्पताल जनकपुर पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
मृतक अन्सारीको शवपरीक्षणका लागि जलेश्वर अस्पतालमा राखिएको छ भने ज १ त ५७५८ नंको ट्याक्टर र ज ७ प ४१७८ नंको मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको प्रहरी उपरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो । चालक फरार रहेकाले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण