सफा भयो दीपायल : फोहोर गर्नेलाई कारबाही
बिहीबार, ३० वैशाख २०७३, १३ : १६
डोटी– ‘स्वच्छ र हराभरा सहर, दीपायलवासीको रहर’ भन्ने मूल नाराका साथ डोटीको पिपल्ला बजारलाई आज बिहान सरसफाइ गरिएको छ ।
डोटी उद्योग वाणिज्य सङ्घको अगुवाइमा नेपाल प्रहरी, नेपाली सेना, उद्योग वाणिज्य सङ्घ, होटेल व्यवसायी सङ्घ, पत्रकार लगायतको उपस्थितिमा सरसफाइ गरिएको हो ।
बढ्दो गर्मीयामसँगै देखापर्ने विभिन्न सङ्क्रमणको ख्याल गर्दै बजार सरसफाइ अभियान थालिएको डोटी उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेन्द्र खड्काले बताउनुभयो । खड्काले पिपल्ला बजार आफँैमा सानो र अव्यवस्थित भएकै कारण फोहोर जथाभावी फाल्नाले विभिन्न रोगको महामारी फैलिन सक्ने र सडकमा हिँड्डुल गर्ने यात्रुलाई असहज नहोस् भन्ने उद्देश्यले यो कार्यको थालनी गरेको बताउनुभयो ।
दीपायल सिलगढी नगरपालिकाको मुख्य व्यापारिक केन्द्र रहेको पिपल्ला बजारमा क्षेत्रीय सदरमुकाम भएकै कारण विभिन्न क्षेत्रबाट मानिसको आवातजावत हुने गर्दछ । भूगोलको हिसाबले अति सानो रहेको बजार फोहोर हुँदा दुर्गन्धित बन्ने गरेको छ ।
अबका दिनमा बजार सरसफाइ गर्न सबैको ध्यान जाओस् भन्ने हेतुले अभियानको थालनी गरेको होटेल व्यवसायी सङ्घका अध्यक्ष दीपक खड्काले जानकारी दिनुभयो । उहाँले बढीभन्दा बढी दुर्गन्धित फोहोर होटेलबाट निस्कने भएका कारण अब त्यो फोहोरलाई जथाभावी नफाल्न र व्यवस्थित गर्न सबै होटेल व्यवसायीलाई आग्रह गर्नुभयो ।
‘स्वच्छ र हराभरा सहर दीपायलवासीको रहर’ भन्ने नाराका साथ थालिएको सरसफाइ अभियानले अन्य क्षेत्रका जनतामा समेत सचेतना फैलिने डोटीका प्रजिअ केशवप्रसाद आचार्यले बताउनुभयो ।
साथै, उहाँले डोटी उद्योग वाणिज्य सङ्घले गरेको कार्य सराहनीय रहेको भन्दै यसलाई निरन्तरता दिनसमेत सबैमा आग्रह गर्नुभयो । पिपल्ला बजार डोटीको मुटु भएकाले अबका दिनमा फोहोर गर्नेलाई प्रहरी प्रशासनले कारबाही गर्ने भएको छ ।
प्रजिअ आचार्यको संयोजकत्वमा यसअघि बसेको बैठकले सो निर्णय गरेको हो । बजार सरसफाइ गर्नु सबैको दायित्व भएकाले प्रत्येक नागरिक र व्यापारीले यसप्रति संवेदनशील हुन जरुरी रहेको उहाँको भनाइ छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण