गौचरनमा परिणत विमानस्थल सञ्चालनमा ल्याइने
जिरी– गौचरनमा परिणत भएको तीन दशकपछि सगरमाथाको प्रवेशद्वारमा रहेको दोलखा जिल्लाको जिरी विमानस्थल पुनः सञ्चालनमा ल्याउनका लागि काम सुरु भएको छ ।
विसं २०४२ देखि पूर्णरूपमा बन्द रहेको जिरी विमानस्थल यसअघि देखि नै सञ्चालनमा ल्याउने बहस चले पनि पूरा हुन सकेको थिएन । पटक–पटक विमानस्थललाई सञ्चालनमा ल्याउनका लागि जिरीका राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवीको समूहले नागरिक उड्डयन प्राधिकरणसँग अनुरोध गरे पनि सुनुवाइ हुन सकेको थिएन ।
विमानस्थल पुनःनिर्माणका लागि सर्भेको काम सुरु गर्न लागिएको छ । लामो समयको प्रतीक्षापछि जिरीको विमानस्थल पुनःनिर्माणका लागि सर्भे गर्न नागरिक उड्डयन प्राधिकरणबाट इन्जिनियर जिरी आइसकेका छन् ।
इन्जिनियर अशोक शाहले दिएको जानकारीअनुसार बुधबार सर्भेको काम सुरु गरी झन्डै एक सातासम्मको समय खर्चेर सर्भेको काम सकिएपछि रिपोर्ट प्राधिकरणमा बुझाइने र त्यसपछि थप काम अघि बढ्नेछ । यसअघि पनि विमानस्थल सञ्चालनमा ल्याउने प्रयास भएको थियो तर विमानस्थलको नाममा उक्त जग्गाको धनीपुर्जा नभएपछि विवादका कारण सफल हुन सकेको थिएन । यस पटक कुनै विवाद उत्पन्न भए राजनीतिक दलका प्रतिनिधिले सल्ट्याउने गरी सर्भेको काम सुरु गर्न लागिएको नेपाली काँग्रेस जिरी नगर कमिटीका सभापति टङ्क जिरेलले बताए । जिरीको विमानस्थल पुनःसञ्चालनमा आउन सके कुनै समय स्विजरल्यान्डको जुरिच सहरसँग तुलना गरिँदै आएको जिरीमा पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ । जिरीमा पर्यटन विकास गर्न सकिए स्थानीयवासीको आर्थिक विकासमा समेत प्रत्यक्ष भूमिका रहनेछ ।
२०४२ सालसम्म नियमित रूपमा सञ्चालनमा रहेको जिरी विमानस्थल सडक सञ्जालले जिरीलाई छोएपछि बन्द भएको स्थानीय होटल व्यवसायी भूमिराज खड्काले बताए । विमानस्थल बन्द भएसँगै जिरी विमानस्थलका रूपमा प्रयोग भएको जग्गा पशु विकास फार्म जिरीले भोगचलन गर्दै आएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण