तीन नेपालीसहित ६ जनाद्वारा सगरमाथाको सफल आरोहण
काठमाडौँ– तीन नेपाली शेर्पा आरोही र तीन विदेशी आरोही गरी छजनाले आज सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।
बिहान ८ बजेर २८ मिनेट जाँदा छ आरोहीले सगरमाथा (८,८४८ मि) को सफल आरोहण गरेको पर्यटन विभागका महानिर्देशक सुदर्शनप्रसाद ढकालले जानकारी दिए ।
उनका अनुसार सगरमाथा आरोहण गर्नेमा म्याक्सिकोका डेभिड गोन्जेल लिएनो, ब्रिटेनका केन्टोन कोल, र रोबर्ट रिचार्ड ल्युस रहेका छन् । त्यस्तै नेपाली आरोही पासाङरीता शेर्पा, दोर्जे ग्याल्जेन शेर्पा र तेम्बा भोटेले सगरमाथा आरोहण गरेका छन् ।
ब्रिटेनका आरोही कोलले योसहित १२औँ पटक सगरमाथा आरोहण गरेका हुन् भने म्याक्सिकोका डेभिडले भने नेपाल र तिब्बतको दुवै मोहडाबाट छोटो समय (एक साता) भित्रै सफल आरोहण गरी ‘गिनिज बुक अफ वल्ड रेकर्ड’मा नाम दर्ता गराएका छन् ।
यसअघि बुधबार नौजना शेर्पा आरोहीले सगरमाथाको सफल आरोहण गरेका थिए ।
अहिले धेरै आरोही सगरमाथाको अन्तिम क्याम्प अर्थात् क्याम्प चार नजिक पुगेका छन् । भोलिसम्म थुप्रै आरोही सगरमाथाको चुचुरोमा पुग्ने बताइएको छ ।
पर्यटन विभाग, पर्वतारोहण शाखाको तथ्याङ्कअनुसार वसन्त ऋतुको यो मौसममा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि विभिन्न देशका ९७ समूहका एक हजार ४३२ आरोही गएका छन् । तीमध्ये सगरमाथा आरोहणका लागि मात्र ३४ टिम गएका छन् । त्यस्तै अन्नपूर्णमा तीन, मनास्लुमा ११, मकालुमा पाँचवटा टिम आरोहणका लागि गएका छन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण