श्रेष्ठ र केसीलाई सम्मान
काठमाडौं–न्युयोर्क ओपन करातेमा खुल्ला काश्य पदक विजेता साथै मकाउ राष्ट्रिय कराते च्याम्पियनसीपका पदक विजेता लोकमान सिंह श्रेष्ठ र फिलिपीन्समा भएको तेश्रो निसिमुरा कप कराते प्रतियोगितामा खुल्ला तौल समुहमा रजत पदक विजेता तथा अन्तराष्ट्रिय वादोकप २०१६ जर्मनीमा काश्य पदक विजेता सिमोन खत्रीलाई नेपाल स्पोर्ट्स क्लबले सम्मान गरेको छ । युवा खेलाडी खत्रीलाई क्लबले २५ हजार रुपैयाले सम्मान गरेको छ । लोकमानले सन् २०१५ र २०१६ मा भएको न्युयोर्क ओपनमा काश्य पदक जितेका थिए । उनले मकाउबाट पूर्वी एसियाली कराते च्याम्पियनसीप २०१५ मा सहभागिता जनाउदै काश्य पदक जितेका थिए । सन् २०१४ मा जर्मनीमा भएको बिश्व कराते च्याम्पियनसीपमा पनि उनले सहभागिता जनाएका थिए । उनले यसै बर्ष अमेरिकामा भएको प्रतिष्ठित युएस ओपन कराते प्रतयोगितामा सहभागिता जनाएका थिए । उनले बि.स २०५३ मा भएको चौथो क्षेत्रीय कराते प्रतियोगितामा दोश्रो स्थान पाएका थिए । उनी बि.स २०५२ मा नुवाकोटमा साहयक प्रशिक्षकको रुपमा जिम्मेवारी सम्हालेका थिए । हाल उनी मकाउको राष्ट्रिय टोलीमा रहेका थिए । सिमोनले यस अघि सन् २०११ मा भारतमा भएको बादोरियो कराते च्याम्पियनसीपमा स्वर्ण पदक जितेका थिए । यसैगरी,सन् २०१४ मा भएको चौथो वादोरियो कराते तथा सन् २०१२ मा मलेसियामा भएको १० औ अन्तराष्ट्रिय कराते प्रतयोगितामा सिमोनले स्वर्ण जितेका थिए । कार्यक्रममा नेपाल स्पोर्ट्स क्लबका सचिव कुशल श्रेष्ठ लगायतले श्रेष्ठ र केसीलाई सम्मान गरे । कार्यक्रममा नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङ्ग र महासचिव हरिशरण केसीको उपश्थिती थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण