बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

रामसूदन र अजयलाई ईश्वरमान सिंह खेलकुद पत्रकारिता पुरस्कार

बिहीबार, ३० वैशाख २०७३, १३ : ५२
बिहीबार, ३० वैशाख २०७३

काठमाडौं–नेपाल दक्षिण एशियाली खेलकुद पत्रकार संघले रामसूदन तिमल्सिना र अजय फूयाललाई ईश्वरमान सिंह खेलकुद पत्रकारिता पुरस्कार २०७२ बाट सम्मानित गरेको छ । युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले तिमल्सिना र फूयाललाई नगद पुरस्कार र सम्मानपत्र प्रदान गरेका हुन् । संघका संस्थापक अध्यक्ष सिंहको स्मृतिमा स्थापित सो पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ रहेको छ । त्यसैगरी नेपाल ओलम्पिक संग्राहालयको सहयोगमा स्थापना भएको अभिलेखकृत खेलकुद पत्रकारिता पुरस्कारबाट सरिता श्रेष्ठ सम्मानित भइन् । नेपाल बुद्धिचाल संघको सहयोगमा स्थापना भएको उत्कृष्ट बुद्धिचाल पत्रकारिता पुरस्कारबाट राजेन्द्र श्रेष्ठ पुरस्कृत भए । त्यस्तै नेपाल रिङ रेस्लिङ संघले प्रायोजन गरेको उत्कृष्ट फोटो पत्रकारिता पुरस्कारबाट रजेन्द्र केसी सम्मानीत भए । श्रव्य दृश्य खेलकुद पत्रकारिता पुरस्कार सगरमाथा टेलिभिजनका राजेश थापा मगरलाई प्रदान गरियो । फुयाल र तिमल्सिना बाहेकलाई जनही १० हजार नगदसहित सम्मान पत्र प्रदान गरियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप