जेसीबीद्वारा मेसिन हस्तान्तरण
काठमाडौं– जेसीबी इन्डिया लिमिटेडले बुधबार स्थानीय विकास मन्त्रालयलाई ब्याकहो, लोडअल र रोबोटसहित सात वटा मेसिन तथा जेनेरेटर हस्तान्तरण गरेको छ । जेसीबी इन्डियाका प्रबन्ध निर्देशक तथा सीइओ विपिन सोन्धीले उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापालाई यी मेसिनहरुको सा“चो हस्तान्तरण गरे । कार्यक्रममा स्थानीय विकास मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ र एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णु अग्रवालको पनि उपस्थिति थियो । जेसीबी नेपाल, भारत र युरोपकै सबैभन्दा ठूलो निर्माण उपकरण विक्रेता हो । उपप्रधानमन्त्री थापाले मेसिन उपलब्ध गराएकोमा जेसीबीलाई धन्यवाद दिए । ‘यी मेसिनहरु पुनःनिर्माणमा प्रयोग हुनेछन्,’ उनले भने, ‘नेपाल भौतिक पूर्वाधार विकासको नया“ युगमा पुगिसकेको छ । र, नेपालको निर्माण र पुनःनिर्माणमा हेभि इक्विपमेन्टको महत्वपूर्ण भूमिका रहन्छ ।’ उनले जेसीबीका उत्पादन गुणस्तरी भएकाले नेपालीले विश्वास गरेको पनि बताए । त्यसैगरी, जेसीबी इन्डियाका प्रबन्ध निर्देशक सोन्धीले जेसीबी पूर्वाधार विकासप्रति प्रतिबद्ध रहेको बताउनु भयो । ‘हामीले विकास कार्यका लागि चाहिने सबै प्रकारका मेसिनहरुको उत्पादन गरिरहेका छौं,’ उनले भने । जेसीबीले एउटा ब्याकहो, दुई वटा रोबोट, एउटा लोडअल र तीन वटा जेन सेट हस्तान्तरण गरेको हो । यी मेसिनहरुको बजार मूल्य एक करोड ६३ लाख रुपैया“ छ । स्थानीय विकास मन्त्रालयका अनुसार यी मेसिनहरु सिन्धुपाल्चोक जिविस, दोलखा जिविस, काठमाडौं महानगरपालिका, ललितपुर उपमहानगरपालिका, भक्तपुर नगरपालिका र हेटौंडा नगरपालिकालाई उपलब्ध गराइनेछ । सामाजिक उत्तरदायित्व अन्तर्गत एमएडब्लु अघिल्लो बैशाखमा भूकम्प गएको भोलिपल्टै उद्धार तथा खोजीकार्यका लागि नेपाल प्रहरीलाई १२ वटा हेभि इक्विपमेन्ट र त्यसलाई चलाउने अपरेटर उपलब्ध गराएको थियो । एमएडब्लु जेसीबीको आधिकारिक विक्रेता हो । नेपालमा जेसीबीको बजार हिस्सा ६५ प्रतिशत रहेको छ । नेपालको नम्बर १ ब्रान्ड जेसीबीका एस्काभेटर, ब्याकहो, रोलर, कम्प्याक्टर र लिफ्टअल लगायत उत्पादन बजारमा छन् । इन्धन कम खपत हुने, मर्मत खर्च कम लाग्ने र उत्कृष्ट काम गर्ने भएका कारण यी मेसिनहरु लोकप्रिय छन् । एमएडब्लुले आफ्ना नौ वटा शाखा मार्फत पूरै नेपालमा ‘३ एस’ सेवा (सेल, सर्भिस र स्पेयर) उपलब्ध गराउ“दै आएको छ । पर्याप्त जनशक्ति र स्पेयर्सका कारण जेसीबीप्रतिको जनविश्वास बढ्दै गएको छ । जेसीबी इन्डिया लिमिटेडबारे जेसीबी इन्डिया लिमिटेड बेलायतमा मुख्यालय रहेको बहुराष्ट्रिय कम्पनी हो । सन् १९४५ मा स्थापना भएको यो कम्पनीले बहुउपयोगी मेसिन जेसीबी ब्याकहोको आविष्कार गरेको थियो । हाल यसले संसारभर रहेका २२ वटा कारखानाबाट तीन सयभन्दा बढी प्रकारका उत्पादन निर्माण गर्छ । जेसीबीको उपस्थिति एक सय ५० वटा मुलुकमा छ र गत वर्ष विश्वभर यसका ६४ हजारभन्दा बढी युनिट विक्री भएको थियो । जेसीबी जलवायु परिवर्तनप्रति निकै सचेत छ । यसको न्युनिकरणका लागि यसले लाखौं डलर खर्च गर्दै आएको छ । जेसीबीले उत्पादन गर्ने हरेक मेसिन वातावरणमैत्री छ । यसले कम आवाज निकाल्नुका साथै मर्मत तथा इन्धन खपत पनि कम गराउ“छ । जेसीबीले आफूलाई चाहिने इन्जिन, एक्सल, च्यासिस, क्याबिन, हाइड्रोलिक र ट्रान्समिसन आफैंले उत्पादन गर्छ ताकि उपभोक्तालाई एकै छानामुनीबाट सुविधा दिन सकियोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण