बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

चार जिल्लाबाट जम्मा पन्ध्रसय लिटर दुध !

बिहीबार, ३० वैशाख २०७३, १४ : ४६
बिहीबार, ३० वैशाख २०७३

धनुषा–चार जिल्लाबाट एक हजार लिटर दुधपनि संकलन नहुँदा धनुषाको ढल्केबरस्थित दुग्ध वितरण आयोजनामा समस्या भएको छ । दुध, दही र दुग्धजन्य पदार्थको माग अत्यधिक भएको बेला एक हजार लिटर पनि दुध संकलन हुन नसक्दा आयोजनालाई माग धान्न समस्या भएको हो ।

ढल्केवरमा महोत्तरीको गौशाला, उदयपुरको गरास, सर्लाहीको धादिवथान र परवानीपुर, सिन्धुलीको खुर्कोटमा रहेको चिस्यानकेन्द्रबाट दुध संकलन हुने गर्दछ । प्रत्येक संकलन केन्द्रबाट अहिले ६ सय लिटर दुध संकलन हुने गर्दछ । अहिले दुध अभाव भएका कारण गौशाला र खुर्कोटको चिलिङ्ग सेण्टर बन्द रहेको उनले बताए ।

अहिले त्यस क्षेत्रमा दहिको माग अत्यधिक हुने भएपनि दुध पर्याप्त नआउँदा समस्या भएको संस्थानका प्रशोधन केन्द्र प्रमुख हरीदेव यादवले बताए । ‘चार हजार लिटर दुध र चाह हजार लिटर दहीको माग छ’ उनले भने ‘तर हजार देखि पन्ध्रसय लिटर मात्र दुध संकलन केन्द्रबाट आउँछ ।’

स्थानीयले आफ्नो वरीपरी बजारमा बेच्दा बढी मूल्य पर्ने र गुणस्तर परीक्षण नहुने हुँदा पानी मिसाएर पनि बेच्न सकिने भएकोले संकलन केन्द्रमा पु¥याउने झण्झट नगर्ने दुग्ध विकास संस्थानका कर्मचारीहरु बताउँछन् । किसानले बजारमा खुल्ला बेच्दा प्रतिलिटर ६० रुपैयाँसम्म पार्छन भने संकलन केन्द्रमा फ्याट नापजाँच गरेर प्रतिलिटर ४५ देखि ५० रुपैयाँसम्म मात्र पर्ने गर्दछ । किसानहरु व्यवसायीक नबन्दा दुध उत्पादन हुन नसकेको र आफूले घरमा प्रयोग गरेर बँचेको खर्च मात्र विक्री गर्ने गरेकोले पनि यस्तो समस्या भएको हो ।

दुध अभाव भएपछि बिराटनगर, हेटौडाबाट र एक दिन लगाएर बुटवल सम्मबाट दुध ल्याउनुपरेको यादवले बताए । दुध उत्पादन हुने सिजनमा भने धेरै दुध संकलन हुँदा पाउडर बनाउनका लागि विराटनगर पठाउने गरेको पनि उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप