लागुऔषधसहित पाँचजना पक्राउ
चितवन - जिल्ला प्रहरी कार्यालय चितवनले लागुऔषधसहित पाँचजनालाई विभिन्न मितिमा पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भरतपुर उपमहानगरपालिका वडा नं ९ बस्ने २८ वर्षीय अशोक प्रकाश थापामगर, वडा नं १२ बस्ने २८ वर्षीया रचन कार्की र सोही स्थान बस्ने २३ वर्षीय शम्भु विक रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई लागुऔषध नाइट्राजेपाम–५०० ट्याबलेट, गाँजा एक किलो ५३० ग्राम, स्पास्मो प्रोक्सीभोन १५२ क्याप्सुल र कोरेक्स जस्तो देखिने तरल वस्तु चार लिटरसहित भरतपुर–८ सल्यानी टोलबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । त्यसैगरी भरतपुर–१० बाट दुईजना लागुऔषधसहित पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा साविक मेघौली गाविस–८ बस्ने २५ वर्षीय विनोद चौधरी र सोही स्थान बस्ने २५ वर्षीय सुमन गुरुङ रहेका छन् । उनीहरुको साथबाट डाइजेपाम १८ एम्पुल, ब्रुफिनर्फिन १८ एम्पुल, फेनारगन १८ एम्पुल बरामद गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई लागुऔषध (नियन्त्रण) ऐन, २०३३अन्तर्गत मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण