बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

सामूहिक बलात्कारपछि दाङमा युवतीको यौनाङ्ग काटियो

बिहीबार, ३० वैशाख २०७३, १७ : १८
बिहीबार, ३० वैशाख २०७३

दाङ – तुलसीपुरको कटहामा सामूहिक बलात्कारमा परेकी बालिकाका आफनतले दोषीलाई हदैसम्मको कारबाको माग गरेका छन् । विहीवार दाङमा पत्रकार सम्मेलनको आयोजना गरी पिडित परिवारले सामूहिक बलात्कार गर्ने दोषी पत्ता लगाई हदैसम्मको कारवाही गर्न माग गरेका हुन् ।

किटानी जाहेरीमा प्रहरी नियन्त्रणमा परेका तुनपा–१३ ठुली बस्ने खुमवहादुर वलीविरुद्ध प्रहरीले हालसम्म पनि मुद्दा अगाडि नबढाएको आपत्ति व्यक्ति गरे । उनीहरुले बलात्कार जस्तो जघन्य केशलार्इ ईलाका प्रहरी कार्यालय तुलसीपुरले सामान्यकरण गरेको आरोप लगाउँदै उचित न्याय दिलाइदिन सम्पूर्ण राजनैतिक दल, मानवअधिकारवादी, नागरिक समाज र पत्रकारसँग अपिल गरे ।

पत्रकार सम्मेलनमा वितरीत विज्ञप्तीमा गत वैशाख १५ गते अपरान्ह १० बजेतिर तुलसीपुर नगरपालिका वडा न–१३ निवासी खुमवहादुर वलीसहित केहि व्यक्तिले युवतीको सामूहिक बलात्कार गरेका थिए ।

सामूहिक बलात्कारपछि धारिलो हतियारले गुप्ताङ काटेर युवतीलाई मरन्ने अवस्थामा छाडेका थिए । पछि युवतीलाई गाँउलेहरुले फेला पारेर राप्तीअञ्चल अस्पतालमा उपचारमा लगेको विज्ञप्तीमा उल्लेख छ । धारिलो हतियारले गुप्ताङग काट्दा ९ स्थानमा टाँका लगाएको अवस्था रहेको बाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप