यो साता नयाँ कलाकारका प्रेममय चलचित्र
काठमाडौँ– भोलि शुक्रबार लगभग एउटै धारका दुई चलचित्र ‘के म तिम्रो होइन र’ तथा ‘विरानो माया’ प्रदर्शन हुँदैछन् ।
यी दुवै प्रेम कथामा आधारित चलचित्र हुन् र दुवैमा स्थापित कलाकार छैनन् । ‘के म तिम्रो होइन र’ यसअघिको सफल चलचित्र ‘कोहिनूर’का निर्देशक आकाश अधिकारीले निर्देशन गरेको चलचित्र हो । स्व श्रीकृष्ण श्रेष्ठले अभिनय गरेको उक्त अन्तिम चलचित्र ‘कोहिनूर’ले नेपाली चलचित्रमध्ये हालसम्मकै राम्रो व्यापार गरेको चर्चा छ । त्यसताका ‘कोहिनूर’ देशैभरि करिब ६५ हलमा प्रदर्शन भएको थियो भने ‘के म तिम्रो होइन र’ अझ बढेर ७५ भन्दा बढी हलमा प्रदर्शन हुने बताइएको छ ।
आर्यन अधिकारी र करिष्मा पोखरेलले नायक/नायिकाको रुमी ‘डेब्यू’ गरेको यो चलचित्रमा दुवैले राम्रो चर्चा पाइसकेका छन् । चलचित्रमा सङ्गीत वसन्त सापकोटा र ताराप्रकाश लिम्बूले दिएका छन् र केही गीतले प्रदर्शनअघि नै चर्चा पाइसकेका छन् । सुरेश अधिकारीले निर्माण गरेको चलचित्रमा प्रज्वलसुजल गिरी, गौरी मल्ल, मिथिला शर्मा आदि कलाकारको पनि अभिनय देख्न सकिन्छ ।
हरेक कोणबाट राम्रो चलचित्र बनेको हुनाले ‘के म तिम्रो साथी होइन र’ले राम्रो व्यापार गर्ने आशा गरिएको वितरक करण श्रेष्ठले बताए ।
त्यस्तै, माधव खरेलले निर्देशन गरेको चलचित्र ‘विरानो माया’मा पनि श्रीदेव भट्टराई, नम्रता सापकोटा, रोहित रुम्बा, दीपाशा विसी आदि स्थापित नभएका कलाकारले अभिनय गरेका छन् । मीलन लामा र सावित्री अधिकारीको लगानीमा निर्माण भएको चलचित्र ‘प्रेम कथा’लाई आधार बनाएर नेपाली मौलिक भाषा र संस्कृतिलाई कलात्मक रुपमा प्रस्तुत गरिएको निर्देशक खरेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण