आठ सय चौँतिस उद्योग खारेज
बिहीबार, ३० वैशाख २०७३, १७ : ३०
इलाम– एक दशकसम्म निस्क्रिय रहेका यहाँका ८३४ घरेलु उद्योग खारेज गरिएको छ ।
घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयले विभिन्न समयमा दर्ता भई नवीकरण नगरी सञ्चालन भइरहेका तथा निस्क्रिय अवस्थामा रहेका उद्योगलाई खारेज गरेको हो । सरकारको नीतिअनुसार घरेलु विभागबाटै यस्ता उद्योग खारेज गर्न पत्राचार गरेबमोजिम उद्योग खारेज गरिएको घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख उद्योग अधिकृत नवराज राउतले बताए ।
रु एक लाखदेखि रु २० लाखसम्म लगानीका ७५४ घरेलु उद्योगलाई विभागले र ८० उद्योग घरेलु तथा साना उद्योग विकास समितिले खारेज गरेको हो । खारेज गरिएका उद्योगमा हाते चिया, अलैँची, पशुपालन, सिलाइकटाइ, राइस मिल, निर्माण सेवालगायत उद्योग रहेका छन् । जिल्लामा हालसम्म दुई हजार ९२१ घरेलु उद्योग दर्ता भएकामा दुई हजार ८६ सञ्चालनमा रहेका कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण