बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

समाजसेवी तामाङको निधन

बिहीबार, ३० वैशाख २०७३, १८ : ३०
बिहीबार, ३० वैशाख २०७३

सिरहा – रामप्रताप रामप्रसाद तामाङ जनता बहुमुखी क्याम्पस गोलबजारका संस्थापक अध्यक्ष तथा समाजसेवी रामप्रताप तामाङको ८५ वर्षको उमेरमा निधन भएको छ । गोलबजारको शिक्षा विकासमा महत्वपूर्ण योगदान गरेका तामाङ बुद्धबार काठमाठौंमा निधन भएको पारिवारीक स्रोतले जनाएको छ ।

अन्तिम श्रद्धाञ्जलीको लागि आजै उनको जन्मथोलो गोलबजार ल्याउँदै गरेको क्याम्पसको पूर्व प्रमुख फुलगेन माहासेठले जानकारी दिए ।

तामाङले आफ्नै नाममा स्थापना भएको कलेज निर्माणको लागि करोडौं मूल्यका १२ कठ्ठा १५ धुर जमिन दान दिएका थिए । उनलाई क्याम्पसमा आवश्यक पर्दा पटक–पटक लाखौं रुपैयाँ सहयोग गरेको पनि पूर्व–प्रमुख नायकले सम्झिए ।

कतिपय अवस्थामा प्रध्यापकहरुलाई तलब खुवाउने रकम नहुँदाको अवस्थामा तामाङले आफ्नो नीजि रुपैयाँ समेत दिने गरेको पूर्व–प्रमुख नायकले सम्झिए ।

वि.सं. १९८८ साल आसारमा जन्मिएका तामाङ लामो समयदेखि प्रेसर र सुगरको विरामी रहेको बताइन्छ । उपचार र आरामकै लागि भनेर पछिल्लो केही वर्षदेखि तामाङ काठमाडौं बस्दै आएका थिए ।

गोलबजारकै जनता उच्च माध्यमिक विद्यालय र जनहित निमाविको भवन तथा अन्य विकासका लागि पनि उनले महत्वपूर्ण योगदान गरेका थिए । उनले आफ्नो नाममा आउने सामाजिक सुरक्षा भत्ता अन्तर्गतको रकम पनि गरिव दलित विद्यार्थीलाई छात्रवृति स्वरुप दिने गरेका थिए ।

शुक्रवार विहान तामाङको शव गोलबजार परिक्रमा गरी आफ्नो धर्म संस्कृति अनुसार दाहसंस्कार गरिने भएको छ । तामाङको एकजना श्रीमती छन्, भने आफ्नै सन्तान छैन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप