बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

श्रीलङ्काली पूर्वअर्थमन्त्री आर्थिक अनियमितताको आरोपमा पक्राउ

बिहीबार, ३० वैशाख २०७३, १८ : ३७
बिहीबार, ३० वैशाख २०७३

कोलम्बो–श्रीलङ्काका पूर्व अर्थमन्त्री बसिल राजपाक्छेलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

उनलाई बिहीबार उनको निवास कोलम्बोबाट पक्राउ गरिएको हो । आर्थिक अनियमिताको आरोपमा उनी पक्राउ परेका हुन् ।

उनी श्रीलङ्काली पूर्व राष्ट्रपति महिन्दा राजपाक्छेका भाई हुन् । श्रीलङ्काली प्रहरीको आर्थिक अपराध अनुसन्धान ब्युरोले उनलाई बिहीबार नियन्त्रणमा लिएको जनाएको छ ।

उनी आर्थिक अनियमितामा मुछिएको पाइएकोले उनीमाथि थप छानबीन गर्न पक्राउ गरिएको प्रंहरीले जनाएको छ ।

उनी यस्तो आर्थिक मुद्धामा गतवर्ष पनि पक्राउ परेका थिए । त्यस समयमा भने उनी धरौटीमा रिहा भएका थिए ।

यस पटकको मुद्दाका बारेमा प्रहरीले केही भनेको छैन । यस पटक नियन्त्रणमा लिइएको मात्र जानकारी दिएको छ र यस विषयमा थप जानकारी दिइने प्रहरीले जनाएको छ ।

उनी यसअघि पनि आर्थिक क्रियाकलापमा पर्ने गरेको श्रीलङ्काली सञ्चारमाध्यले दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप