द्रुतमार्ग राज्यले बनाउने निर्णयप्रति शेखर कोइरालाको आपत्ति
बिहीबार, ३० वैशाख २०७३, १८ : ५६
पाँचथर– नेपाली काँग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले निजगढ द्रुतमार्ग राज्यले बनाउने गरेको निर्णयप्रति आपत्ति जनाएका छन् ।
नेपाल शिक्षक सङ्घ पाँचथरको २७औँ स्थापना दिवसका अवसरमा आज फिदिममा आयोजित कार्यक्रममा उनले सर्वोच्च अदालतमा विचाराधीन मुद्दा किनारा नलगाई राज्यले आफैँ बनाउने निर्णय गलत भएको टिप्पणी गरे ।
सरकारको नीति तथा कार्यक्रम सुन्दा राम्रो लागे पनि त्यो व्यवहारमा कार्यान्वयन गर्न नसकिने उनले बताए । काँग्रेसले सरकारको निगरानी गरिरहेको उल्लेख गर्दै नेता कोइरालाले आफूहरु सशक्त प्रतिपक्षमा बसिरहेको र आवश्यक परेका बेला सरकारमा जानसक्ने उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण