बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

तस्विरमा हेर्नुहोस् चारवटा फुटबल मैदानभन्दा ठूलो ‘हार्मोनी अफ सी’

मङ्गलबार, ०४ जेठ २०७३, १९ : ३४
मङ्गलबार, ०४ जेठ २०७३

म्यान्चेस्टर – विश्वकै सबैभन्दा ठूलो क्रुज जहाजले आफ्नो पहिलो यात्रा गर्ने भएको छ । ‘हार्मोनी अफ सी’ नाम दिएको उक्त जहाजलाई बेलायतको साउथह्याम्पटनमा समुद्री यात्रा अघि अन्तिम तयारी गिरिँदैछ ।

चारवटा फुटबल मैदानभन्दा लामो यस जहाजमा ६,७८० यात्रु अट्नेछन् । ‘हार्मोनी अफ सी’  ८ सय मिलियन पाउण्डमा तयार भएको हो ।

यसको लम्बाई १११८ फिट, तौल २२७,००० टन, चौढाई २१५.५ फिट रहेको छ । यसमा २,७४७ कोठाहरु रहेका छन् । यसमा ७७ देशमा २१०० क्रु सदस्य रहेका छन् ।

१० तले जहाजभित्र २३ स्वीमिङपुल, २० डाइनिङ हल, ५२ रुख लगायत रहेका छन् । यसले आइतबार नेदरल्याण्डसम्मको यात्रा गर्नेछ भने मे २९ मा बार्सिलोनासम्म पुग्नेछ । आगामी जाडो महिनामा यसले फ्लोरिडा र क्यारेबियनको यात्रा गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप