बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चट्याङ लागेर दुईको मृत्यु

मङ्गलबार, ०४ जेठ २०७३, २२ : १२
मङ्गलबार, ०४ जेठ २०७३
चितवन- पूर्वी चितवनमा चट्याङ लागेर मंगलबार साँझ दुईजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । मृत्यु हुनेमा राप्ती नगरपालिका–१२ विजयनगरका कमल पुन र हेटौडा फापरवारी घर भएका मानबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ । घरनजिकै काम गरिरहेको अवस्थामा उनीहरुलाई चट्याङ लागेको प्रहरीले जनाएको छ । चट्याङ लागेर गम्भीर घाइते भएका उनीहरुमध्ये पुनको बाटोमै र तामाङको उपचारका क्रममा भारतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । चट्याङ लागि प्रकाश परियार र सुरेश परियार घाइते भएका छन् । उनीहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप