बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

लागुऔषध मुद्दाका फरार पक्राउ

बुधबार, ०५ जेठ २०७३, ०८ : ५६
बुधबार, ०५ जेठ २०७३

राजविराज– लागुऔषध मुद्दाका फरार एक व्यक्तिलाई प्रहरीले सोमबार राति पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको काचन गाविस–७ निवासी ३६ वर्षीया दीपेन्द्र यादव रहेको प्रहरीले जनाएको छ ।

नौ महिनादेखि फरार यादवलाई इलाका प्रहरी कार्यालय कल्याणपुरको टोलीले गोप्य सूचनाका आधारमा घरबाटै पक्राउ गरेको प्रहरी निरीक्षक सूर्यनारायण यादवले बताए । पक्राउ परेका यादवलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयमा राखिएको बताइएको छ ।

यसैगरी, भारतबाट अवैध रुपमा भन्सार छलेर नेपाल भित्र्याउँदै गरेको २५ केजी सुपारी र चार बन्डल शिखर चुरोटसहित एक भारतीयलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ ।

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीको टोलीले सप्तरीको सिम्राहासिग्यौनबाट सो सुपारी र चुरोट बरामद गरिएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए ।

सो सुपारी ओसार–पोसार गर्ने भारतको मधुवनी ग्राम पञ्चायत लदनिया–४ का ५२ वर्षीय महेश्वरप्रसाद साह पक्राउ परेका छन् । सुपारी, चुरोट र ती भारतीय नागरिकलाई भन्सार कार्यालय राजविराजमा बुझाइएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप