सर्पको टोकाइबाट बालकको मृत्यु
बुधबार, ०५ जेठ २०७३, ०९ : ४५
खोटाङ - सर्पको टोकाइबाट खोटाङमा एक बालकको मृत्यु भएको छ । समातेर खेलाउँदै गरेको सर्पले टोक्दा सल्ले–७ का १६ वर्षीय विशाल राईको मङ्गलबार बेलुका मृत्यु भएको हो । स्थानीय जनता माविको कक्षा ८ मा अध्ययनरत बालकको उपचारका लागि अस्पताल लैजाने तयारी गर्दागर्दै मृत्यु भएको स्थानीयवासी सरिता राईले जानकारी दिनुभयो । खेलाउने क्रममा सर्पले हातमा टोकेको भएपनि अरूलाई नबताएकै कारण उनको मृत्यु भएको स्थानीयवासीले बताएका छन् । स्थानीयवासीका अनुसार यसअघि पनि सर्प समातेर खेलाएर देखाउने बालकले आइतबार साँझ सर्प समातेका थिए । सर्पले टोकेको र पानी हालेर निचोर्दै गरेको स्थानीय केटाकेटीले देखेको बताए पनि उनले भने कसैलाई नबताएको आफन्तको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्यासको वितरण, अनुगमन र व्यवस्थापनलाई प्रविधिमैत्री एवं व्यवस्थित बनाउनुपर्छ : अन्सारी
-
नेकपाले भन्यो– सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधिले देश बन्दैन
-
बजेट विवाद चर्किएपछि मुख्यमन्त्री शाहद्वारा एमालेका चार मन्त्री बर्खास्त
-
कांग्रेसले संसद्मा भन्यो– सरकारका कारण युवाहरूको आशा निराशामा परिणत भयो
-
निर्माण व्यवसायी महासंघले माग्यो ठेक्का तोडिएका आयोजनाको विवरण
-
सांसद श्रेष्ठको प्रधानमन्त्रीलाई प्रश्न : भारतले मागे के दिनुहुन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण