बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

नीजि विद्यालयहरुको स्तरीकरण गरिने

बुधबार, ०५ जेठ २०७३, ११ : ३८
बुधबार, ०५ जेठ २०७३

ओखलढुंगा – ओखलढुंगा जिल्लामा संचालित बिभिन्न नीजि बिद्यालयहरुको स्तरीकरण गरिने भएको छ । नीति तथा आवासीय विद्यालय एसोसिएसन नेपाल ( प्याब्सन) को केहि समय अघि बसेको बैठकले यस्तो निर्णय गरेको जिल्ला शिक्षा कार्यलयले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा हाल ३१ ओटा नीजि बिद्यालयहरु सञ्चालनमा रहका छन् । ती बिद्यालयहरुको अवस्था अनुसार स्तरीकरण गरिने निर्णय भएको जिल्ला शिक्षा कार्यलयका सुचना अधिकारी शंकरबाबु श्रेष्ठले जानकारी दिए । उनका अनुसार सो बिद्यालयहरुको आर्थिक,भौतिक र शैक्षिक अवस्थाका आधारमा स्तर छुट्ईने छ । जसबाट आफ्ना बालबालिकालाई पठनपाठन निमित्त सहज हुने अधिकारी श्रेष्ठको भनाई छ । त्यस्तै जिल्लामा अहिलेसम्म कुनै नीजि बिद्यालय अनुमतिबिना सञ्चालनमा रहेको नपाईएको पनि उनको भनाई छ । केहि समय अघि ओखलढुंगा जिल्लामा सञ्चालित बिभिन्न नीजि बिद्यालयहरुको अनुगमन गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप