रहेनन् वरिष्ठ संगीतकार अम्बर गुरुङ
काठमाडौ–वरिष्ठ संगीतकार अम्बर गुरुङको मंगलबार बिहान निधन भएको छ । ग्राण्डी अस्पतालमा उपचारको क्रममा उनको बिहान २ बजेर ३७ मिनेटमा निधन भएको अस्पतालका सञ्चार सल्लाहकार विनोद अधिकारीले रातोपाटीलाई जानकारी दिए । उपचारमा संलग्न चिकित्सक डा चक्रराज पाण्डेलाई उद्धृत गर्दै उनले भने, 'उहाँको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । तर एक्कासि मुटुको चाल घट्यो । मुख्य कुरा बुढ्यौलीमा हुने शारीरिक कमजोरीका कारण उहाँको निधन भएको हो ।' एस्पिरेसन, निमोनिया, पेट तथा अन्ननलीको रक्तस्रावलगायत समस्याबाट उनी पीडित थिए । उनको अवस्था गम्भीर भएसँगै गत सोमबारदेखि ग्राण्डीमा उपचाररत थिए भने केहि दिनयता उनलाई भेन्टिलेटरमा सारिएको थियो ।
राष्ट्रिय गानका समेत संगीतकार उनको १९९४ मा भारतको दार्जलिङमा जन्म भएको थियो ।
भारतको दार्जिलिङमा जन्मेर नेपाल आई उनले नेपाली गीतसङ्गीतमा योगदान गरेका थिए । ‘रातो र चन्द्रसूर्य’, ‘नौ लाख तारा उदाए, ‘म अम्बर हुँ, तिमी धर्ती’ लगायत करिब हजार गीतमा उनले सङ्गीत भरेका छन् । उनी गीतकार, सङ्गीतकार र गायक तीनै विधामा पोख्त थिए ।
उनका श्रीमती, तीन छोरा र एक छोरी छन् ।
अपडेट : राष्ट्रिय सम्मानका साथ अम्बरको अन्त्येष्टि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण