राष्ट्र बैंकले भन्यो – सेयर धितो कर्जामा कडाई गर्ने नीति आउने हल्ला निराधार
मङ्गलबार, २५ जेठ २०७३, १२ : १६
काठमाडौं– नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा कडाई गर्ने नीति ल्याउन लागेको हल्ला निराधार रहेको प्रष्ट्याएको छ ।
राष्ट्र बैंकले सेयर धितो कर्जामा कडाइ गर्न लागेको भन्ने हल्ललाले साताको पहिलो दिन आइतवार सेयर बजार ३५ अंकले गिरवाट आएको थियो । सोही विषयलाई लिएर राष्ट्र बैंकले त्यस्तो कुनै तयारी नरहेको प्रष्ट्याएको हो ।
बैंक तथा बित्तीय संस्थालाई सेयर धितो कर्जामा कडाई गर्ने गरी नयाँ नीति ल्याउने बारेमा कुनै तयारी नभएको प्रबक्ता त्रिलोचन पंगेनीले वताएका छन् ।
उनले अहिलेकै व्यवस्थालाई नै निरन्तरता दिने जनाए । गलत हल्ला गरेर बजारमा सस्तोमा शेयर उठाउने रणनीति केही व्यक्तिले अख्तियार गरेको जानकारहरु वताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण