विराटनगरमा टेलिफोन लाइन अवरुद्ध
मङ्गलबार, २५ जेठ २०७३, १३ : ११
विराटनगर – एक्स्काभेटरको लापर्बाहीका कारण विराटनगरको मुख्य बजार क्षेत्रका सयौँ टेलिफोन लाइन गएरातिदेखि अवरुद्ध भएका छन् ।
सडक विस्तारका लागि एक्स्काभेटरले शनी मन्दिरनजिक माटो खन्दा टेलिकमको भूमिगत केबुलको तार काटिएपछि सतही टेलिफोन अवरुद्ध भएको हो ।
यस सम्बन्धमा टेलिकमका मर्मत शाखा प्रमुख शम्भुप्रसाद चौधरीले सम्बन्धित पक्षलाई भूमिगत केबुल रहेको सम्बन्धमा जानकारी गराएपनि गएराति एक्स्काभेटरले माटो खन्ने क्रममा केबुलको तारमा क्षति भएको जानकारी दिए । पूर्ववत् अवस्थामा टेलिफोन सेवालाई सञ्चालन गर्न कम्तीमा तीनदिन लाग्ने उनले बताए । सो कारणले राससलगायत कतिपय टेलिफोन उपभोक्ताको सेवामा बाधा पुगेको भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण