अपरिचितसँगको फोन सम्पर्कले झण्डै पुर्यायो ‘बम्बैको कोठी’
कपिलवस्तु–कतै तपाई अपरिचित व्यक्तिसँग निरन्तर फोन सम्पर्कमा त हुनुहुन्न ?अनि विवाहको सपना बुन्दै ऊ आउने बाटो हेर्दैमा दिन गएको त छैन नि ? होसियारी अपनाउनुहोस् यस्ता व्यक्तिले सुख दिन्छु भन्दै खाडलमा हाल्न सक्छन् ।
यस्तै भएको छ कपिलवस्तुमा, बिहेको प्रलोभनमा पारेर भारत लगिँदै गरिएको १७ बर्षकी रेखा (नाम परिबर्तन) लाई कपिल्वस्तुको कृष्णनगर सिमानाकाबाट उद्धार गरिएको छ ।
दलालले भारत लैजाँदै गर्दा मानब बेचबिखन तथा ओसारपसार बिरुद्ध क्रियाशील संस्था के.आई नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले किशोरीलाई उद्धार गरेको हो ।
प्युठान घर भएकी रेखा, दाङ्ग घर भएका अर्जुन भन्ने समीर अहमद अन्सारीेसँग भारत जान लागेको बताएको संस्थाका जिल्ला सयोंजक केशर बिश्वकर्माले जानकारी दिए ।
केही महिना अगाडिदेखि निरन्तर फोन सम्पर्कमा रही विवाह गरी सुखसँग पाल्ने आश्वासन दिई उनले चेलीलाई दाङ्गको भालुवाङ्गबाट लिएर आएको संस्थाले जनाएको छ ।
चन्द्रौटाको एक होटलमा एक रात राखेपछि रेखालाई दिल्ली जाने र सुखसँग बस्ने भन्दै लगेको अनुसन्धानको क्रममा खुलेको छ । अनुसन्धानपछि अर्जुन भन्ने समीर अन्सारी अहमदको दुई श्रीमती घरमा भएको खुल्न आएको ईलाका प्रहरी कार्यलयका प्रमुख सञ्जय रिजालले बताए ।
बेचखिनको उद्देश्य देखिएकाले समीर अन्सारीलाई कारवाहीका लागि कानूनी प्रक्रिया अगाडि बढाइएको छ
। कक्षा १० मा अध्ययनरत रेखालाई निरन्तर अध्ययनका निम्ति अभिभावक बोलाई घर फिर्ता गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण