अम्बर गुरुङको निधनमा प्रधानमन्त्रीको शोक सन्देश
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ संगीतकार अम्बर गुरुङको निधनप्रति दुःख प्रकट गर्दै परिवारजनप्रति समवेदनमा प्रकट गरेका छन् । मंगलबार दिउँसो एक शोक वक्तब्य जारी गर्दै प्रधानमन्त्रीले गुरुङ ‘नेपाली सांगीतिक आकाशका उज्ज्वल तारा, नेपाली सुगम संगीतलाई समृद्ध बनाउने अभियन्ता’ भएको स्मरण गरेका छन् । प्रधानमन्त्रीले ‘नौलाख तारा उदाए’गीतमा भरेको संगीतबाट स्वर्गीय गुरुङ स्वदेशमामात्रै नभई विदेशमा समेत चर्चित बन्न पुगेको स्मरण गर्दै भनेका छन्, ‘ सो गीतबाट सुरु भएको उहाँको देशभक्तिपूर्ण उचाई नेपाली राष्ट्रगानको संगीतसम्म आइपुग्दा झनै माथिपुग्यो । ‘रातो र चन्द्र सूर्य’ जस्ता राष्ट्रिय भावनाले ओतप्रोत गीतमा स्वर्गीय गुरुङले भरेको संगीतले उहाँको फैलावट झनै बढाएको थियो ।’
गुरुङले पश्चिमा शास्त्रीय संगीतमा प्रयोग हुने ‘क्यान्टाटा’ र ‘कोयर’ लाई पूर्वीय शास्त्रीय संगीत र लोक भाकामा मिलाएर संगीत सिर्जनालाई नयाँ आयाम दिएकोमा उच्च प्रशंसा गर्दै प्रधानमन्त्रीले उनमा गह्रुंगा शब्दमा पनि कोमल संगीत भर्नसक्ने खुबि रहेको उल्लेख गरेका छन् ।
प्रधानमन्त्रीले गुरुङ नेपालको सांगीतिक आकाशमा कहिल्यै ननिभ्ने ताराका रुपमा चम्किरहने भन्दै सिर्जनाहरुबाट उनले नेपाल र नेपालीलाई लगाएको गुण मुलुकले सधैं सम्झिरहने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण