यातायात व्यवसायीले मनपरी भाडा असुलेको भन्दै यात्रु आक्रोशित
सल्यान– सल्यानको सल्लीवजार चौहरजारी सडक खण्डमा चल्ने यातायातका साधनले चर्को भाडादर असुल्ने गरेको भन्दै स्थानीय आक्रोशित भएका छन् । सरकारले निर्धारण गरेको भन्दा झन्डै तीनगुणाका दरले उक्त सडकखण्डमा चल्ने यातायात व्यवसायीहरुले भाडा असुल्ने गरेका स्थानीयको भनाई छ । सल्यानको सल्लीवजार देखि रुकुम चौहरजारी सम्म ४१ किलोमिटरको सडकमा ५ सय भाडा तिर्नु पर्ने बाध्यता रहेको देवस्थलका देव बहादुर रानाले जानकारी दिए । ‘कहि नभएको भाडा यो बाटोमा चल्ने गाडिहरुले लिने गर्दछन् ’, उनले भने, ‘ काम परेपछि जानै प¥यो यातायात व्यवासायीहरुले उठ्न नसक्नेगरी मारमा पारी रहेका छन् ।’ चर्को भाडा, कच्ची बाटो त्यसमा पनि गाडिमा तलमाथि मान्छे कोचेर राख्ने गरेको अर्का स्थानीय मर्म परिकाँडाका चन्द्र बहादुर रानाले बताए । एउटा गाडिमा कम्तिमा पनि ७० देखि ८० जनासम्म हुने गरेको उनको भनाई छ । चौहरजारी यातायात, वागेश्वरी, मध्यपश्चिम, भेरी र भेरी राप्ती बस व्यवसायीको सिण्डीकेटका कारण थप समस्या भएको स्थानीयहरुको भनाई रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण