गुरुङको राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि गर्ने सरकारको निर्णय
मङ्गलबार, २५ जेठ २०७३, १४ : ३९
काठमाडौं – आज निधन भएका वरिष्ठ संगीतकार अम्बर गुरुङको राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि गर्ने सरकारले निर्णय गरेको छ ।
गृहमन्त्रालयले एक विज्ञप्ती जारी गर्दै गुरुङले गीतसंगीतको क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै उनको राष्ट्रिय सम्मानका अन्त्यष्टि गरिने जनाएको छ ।गृहमन्त्रालयका प्रवक्ता यादव कोइरालाले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘जेपाली गीन संगीतको क्षेत्रमा स्वर्गीय गुरुङले पुर्याउनुभएको योगदानको उच्च मूल्यांकन गर्दै नेपाल सरकारको निर्णयानुसार उहाँको पार्थिव शरीरलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ।’
विज्ञप्तीमा गृहले वरिष्ठ संगीतकार स्वर्गीय गुरुङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनहरुमा समवेदना समेत प्रकट गरेको छ ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुङको निधनप्रति दुःख प्रकट गर्दै परिवारजनप्रति समवेदनमा प्रकट गरेका थिए ।
मंगलबार दिउँसो एक शोक वक्तब्य जारी गर्दै प्रधानमन्त्रीले गुरुङ ‘नेपाली सांगीतिक आकाशका उज्ज्वल तारा, नेपाली सुगम संगीतलाई समृद्ध बनाउने अभियन्ता’ भएको स्मरण गरेका छन् । प्रधानमन्त्रीले ‘नौलाख तारा उदाए’गीतमा भरेको संगीतबाट स्वर्गीय गुरुङ स्वदेशमामात्रै नभई विदेशमा समेत चर्चित बन्न पुगेको स्मरण गर्दै भनेका छन्, ‘ सो गीतबाट सुरु भएको उहाँको देशभक्तिपूर्ण उचाई नेपाली राष्ट्रगानको संगीतसम्म आइपुग्दा झनै माथिपुग्यो । ‘रातो र चन्द्र सूर्य’ जस्ता राष्ट्रिय भावनाले ओतप्रोत गीतमा स्वर्गीय गुरुङले भरेको संगीतले उहाँको फैलावट झनै बढाएको थियो ।’ गुरुङले पश्चिमा शास्त्रीय संगीतमा प्रयोग हुने ‘क्यान्टाटा’ र ‘कोयर’ लाई पूर्वीय शास्त्रीय संगीत र लोक भाकामा मिलाएर संगीत सिर्जनालाई नयाँ आयाम दिएकोमा उच्च प्रशंसा गर्दै प्रधानमन्त्रीले उनमा गह्रुंगा शब्दमा पनि कोमल संगीत भर्नसक्ने खुबि रहेको उल्लेख गरेका छन् । प्रधानमन्त्रीले गुरुङ नेपालको सांगीतिक आकाशमा कहिल्यै ननिभ्ने ताराका रुपमा चम्किरहने भन्दै सिर्जनाहरुबाट उनले नेपाल र नेपालीलाई लगाएको गुण मुलुकले सधैं सम्झिरहने बताएका छन् । राजधानीको ग्राण्डी अस्पतालमा गुरुङको उपचारको क्रममा आज बिहान निधन भएको थियो ।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण