मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

कमलादी पुगेर उपराष्ट्रपतिले दिए अम्बरप्रति श्रद्धाञ्जली

मङ्गलबार, २५ जेठ २०७३, १६ : १८
मङ्गलबार, २५ जेठ २०७३

काठमाडौं–उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले राष्ट्रगानका संगीतकार, वरिष्ठ गायक एवम् नेपाल संगित तथा नाट्य प्रतिस्ठानका संस्थापक कुलपति अम्बर गुरुङलाई श्रद्धाञ्जली दिएका छन् । मंगलबार अपरान्ह प्रज्ञा प्रतिस्ठानको भवन, कमलादी पुगेर उपराष्ट्रपति पासाङले स्वर्गीय गुरुङको पार्थीव शरिरमाथि पुष्प गुच्छा चढाएर श्रद्धाञ्जली दिएका हुन् ।

उपराष्ट्रपतिले वरिष्ठ संगितकार गुरुङको निधनप्रति गहिरो शोक व्यक्त गरेका छन् भने गुरुङको शोकाकुल परिवारजनमा गहिरो समवेदनासमेत व्यक्त गरेका छन् । उपराष्ट्रपतिले अम्बर गुरुङलाई सुन्दर संगितका महान् स्रस्टाको रुपमा आफूले चिन्ने गरेको बताएका छन् । गुरुङको निधनले नेपाली गीत संगितको क्षेत्रमा अपुरणीय क्षति पुगेको भन्दै उनँले गहिरो दुःख व्यक्त गरेका छन् । यसैबीच आजै उपराष्ट्रपति पासाङले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको सघन कक्षमा उपचाररत वातावरण मन्त्री माननीय विसेन्द्र पासवानलाई भेटेर स्वास्थ्य लाभको कामना गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप