पोखरामा तमुवानको माग गर्दै अनसन
पोखरा–पहिचान र अधिकारसहितको माग गर्दै संघर्षरत तमुवान संयुक्त संघर्ष समितिले आज विहान ७ बजेदेखि पोखराको चिप्लेढुंगास्थित मानवअधिकार चोकमा रिले अनसन शुरु गरेको छ । रिले अनसनको पहिलो दिन तमुवान संयुक्त संघर्ष समितिका संयोजक हुमबहादुर गुरुङसहित सचिव गजेन्द्र सुब्बा, मनबहादुर तमु, कुलबहादुर भुजेल, टेकबहादुर तामाङ, गोपाल गुरुङ, क्याप्टेन नरेश थापा, धनबहादुर परियार, चन्द्र तामाङ मुस्कान अनसन वसेका छन् । रिले अनसनकारीहरुलाई तमुवानका राजनीतिक संयन्त्रका सदस्यहरु संघीय समाजवादी फोरम कास्कीका अध्यक्ष दीपक तामाङ, नेकपा क्रान्तीकारी माओवादीका कास्की इञ्चार्ज भिमबहादुर श्रीस, नेपाल आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष पानबहादुर घर्ती, संघीय जनमुक्ति पार्टीका नेता पुरनधोज गुरुङ, तराई मधेश लोकतान्त्रिक पार्टी कास्कीका अध्यक्ष राम जैसवाल लगायतले शुभकामना सहित खादा र तमुवानको फेटा प्रदान गर्दै रिले अनसन शुरुवात गराएका थिए । वर्तमान संविधानलाई प्रतिगामी संविधान भन्दै समितिले पुर्नलेखन तथा शंसोधन गर्न माग गरेको छ । आफ्ना २६ बुँदे माग सम्बोधन गर्न आन्दोलित २९ दल तथा मोर्चा आवद्ध संघीय गठबन्धनको शान्तिपूर्ण आन्दोलन अन्र्तगत काठमाडौंको शहिद मञ्चमा आजदेखि शुरु भएको रिले अनसनलाई ऐक्यवद्धता जाहेर गर्दै मोर्चा अन्तरगतको एक घटक तमुवान संयुक्त संघर्ष समितिले तमुवानको राजधानी पोखरामा अनसन शुरु गरेको हो । संविधान पुर्नलेखन गरी पहिचानसहितको संघीयता, तमुवानसहितको संविधान, पहिचान र अधिकार सुनिश्चिचता, पुर्ण समानुपातिक प्रतिनीधित्व, भाषिक समानता, सबै खाले विभेद उत्पिडनको अन्त्य, कालाबजारी भ्रष्टचारीलाई कारवाही, भुकम्प पीडितलाई तत्काल राहतको व्यवस्था लगायतको विभिन्न मागसहित विहान ७ बजेदेखि बेलुका ७ बजेसम्म रिले अनसन बस्ने तमुवान संयुक्त संघर्ष समितिका संयोजक हुमबहादुर गुरुङले जानकारी दिएका छन् । शान्तिपुर्ण र अधिकारप्राप्तिको आन्दोलनमा साथ सहयोगको समेत तमुवान संयुक्त संघर्ष समितिले अपील गरेको छ भने संघीय गठबन्धनको २६ बुँदे माग सम्बोधन गर्न नेपाल सरकारलाई आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण