पर्यटनका विकृति निर्मुल पार्ने रसुवा नुवाकोट समाजको उद्घोष
काठमाडौं– रसुवा नुवाकोट पर्यटन समाजले त्यस क्षेत्रमा पर्यटकहरुले भोग्नुपरेका समस्या समाधानको खोजीका लागि सरोकारवालहरुविच एक कार्यक्रम गर्ने निर्णय गरेको छ । समाजको ठमेलस्थित संघका अध्यक्ष बलराम न्यौपानेको अध्यक्षतामा बसेको पदाधिकारीहरुको बैठकले उक्त निर्णय गरेको हो । समाजले संस्थालाई ससक्तता दिनको लागि सदस्यता बितरणलाई पनि ब्यापकता दिने निर्णय गरेको छ । त्यसैगरी बैठकले रसुवागढी नाकामा पर्यटकहरुलाई सेवा प्रदान गर्ने प्रदायकहरुलाई अवरोध भएकोमा गृहमन्त्रीलाई ध्यानाकर्षण गर्ने निर्णय पनि गरेको छ । रसुवागढीमा गएका पर्यटकहरुलाई केही स्थानियहरुले धरपकड गर्ने तथा अभद्र ब्यवहार गर्ने गरेको प्रति ध्यानाकर्षण भएको भन्दै समाजले त्यस्ता गतिबिधी रोक्नका लागि तत्काल गृहमन्त्री लाई ध्यानाकर्षण गराउने संघका अध्यक्ष न्यौपानले बताए । एक अर्को प्रशंगमा न्यौपानेले संस्थालाई बृहत्तर बनाउने अभियानमा आफु लागिसकेको र त्यसको लागि संस्थालाई शक्तिशाली बनाउन नियामक निकायसँग सहकार्य गरेर अगाडि बढ्ने र समाजको सदस्यता बितरणलाई ब्यापकता दिने पनि बताए । उनले रसुवा र नुवाकोटका छुटेका पर्यटन ब्यावसायीहरुलाई तत्काल सदस्यता लिनको लागि पनि आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण