बाल तथा किशोरकिशोरी बहिरङ्ग सेवा शुभारम्भ
चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनले सञ्चालन गरेको भरतपुर आँखा अस्पतालमा आजदेखि बाल तथा किशोरकिशोरी बहिरङ्ग सेवाको शुभारम्भ गरेको छ । सेवा फाउन्डेसनकी संस्थापक सदस्य डा सुजन गिलबर्टले बहिरङ्ग सेवाको उद्घाटन गरिन् ।
सो अवसरमा उहाँले भरतपुर आँखा अस्पतालले पु¥याउँदै आएको सेवा उच्चस्तरको रहेको भन्दै थप प्रभावकारी बनाउन सुझाव दिइन् । अस्पतालमा आउने बिरामीमध्ये २० प्रतिशत हाराहारी बालबालिका र किशोरकिशोरी हुने गरेको छ । नेपाल नेत्रज्योति सङ्घ चितवनका अध्यक्ष चिजकुमार मास्केले गत आवमा उपचारका लागि आएका बिरामी ८५ हजार ४०२ मध्ये १५ हजार ३०९ अर्थात १८ प्रतिशत बालबालिका र किशोरकिशोरी रहेको बताए । सन् २०१६ को पाँच महिनामा उपचारका लागि आएका ३३ हजार ७९७ मध्ये छ हजार ५३ जना बालबालिका र किशोरकिशोरी छन् । जुन २२ प्रतिशत हुन आउँछ । त्यो समूहलाई लक्षित गरी सेवा सुरु गरिएको मास्केले बताउनुभयो । बालबालिकालाई खेल्ने सामग्री र विभिन्न चित्रले बहिरङ्ग सेवा सुसज्जित गरिएको छ ।
चितवनको भरतपुरमा मुख्य अस्पताल रहेको भरतपुर आँखा अस्पतालले जिल्लाका पाँचै क्षेत्रमा क्लिनिक सञ्चालन गरेको छ भने नवलपरासीको कावासोती, धादिङको सल्लेनीटार र पर्साको ठोरीमा पनि क्लिनिक सञ्चालन गर्दै आएको छ ।
अस्पताललाई २०६० सालदेखि सेवा फाउन्डेसनले सहयोग गर्दै आएको छ । बालबालिका तथा किशोरकिशोरी बहिरङ्ग सेवामा पनि फाउन्डेसनले सुरुमा उपकरण र खेल सामग्रीका लागि रु छ लाख सहयोग गरेको सेवा फाउन्डेसन नेपालका कार्यकारी निर्देशक रामप्रसाद कँडेलले बताए । यसैगरी फाउन्डेसनले बाल अन्धोपन निवारण संयोजकको मासिक तलबभत्ता समेत व्यहोर्ने कँडेलले बताए उनका अनुसार हरेक वर्ष रु ६० लाख बराबरको उपकरण र बाह्य शिविरमा सेवाले अस्पताललाई सहयोग गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण