नगरपालिकाले नदी किनारमा डम्पिङ साइट, स्थानीयको विरोध
मेलम्ची - मेलम्ची नगरपालिकाले नगरबाट सङ्कलित फोहरमैलाको व्यवस्थापनका लागि इन्द्रावती नदी किनारमा खाल्डो खनेर डम्पिङ साइट बनाएको छ ।
नगरपालिका जस्तो जिम्मेवार निकायले देशको प्राकृतिक सम्पदामाथि खलल पर्ने गरी नदी किनारमा खाल्डो खनेको विषय र यसले वातावरणमा पर्ने दीर्घकालीन असरको बारेमा स्थानीयवासीले नदीको किनारमा फोेहरको खाल्डो खनेको प्रति विरोध गरेका छन् ।
काठमाडौँ वाग्मती सफाइ अभियान चल्दै गर्दा यता मेलम्ची नदी किनारमा भने फोहरको खाल्डो खनिनुले स्थानीयवासी आक्रोशीत बनेका छन् । नगरबाट सङ्कलन फोहर जथाभावी नदी किनारमा डम्पिङ गर्दा वातावरण प्रदूषण हुनुका साथै यसको दीर्घकालीन असरसमेत पर्ने हुँदा नगरपालिकाले आफूखुसी स्थानीय बासिन्दालाई समेत बेवास्ता गरी खाल्डो खनेको स्थानीयवासी विष्णु धितालले बताए ।
नगरको जटिल समस्या फोहरको व्यवस्थापन गर्नुपर्ने देखिएको छ । फोहरको उचित व्यवस्थापनमा नगरपालिकाको चासो कम भएको र फोहरको व्याप्त समस्यमा नगरपालिकाले फोहर व्यवस्थापनका लागि दीर्घकालीन डम्पिङ क्षेत्रको खोजीकार्य गर्नुपर्ने देखिन्छ ।
नदी किनारमा फोहर डम्पिङ गर्दा नदी प्रदूषणसहित बस्ती नजिकैको फोहरको डम्पिङ गर्नाले फैलिने झाडापखाला, हैजाजस्ता विभिन्न किसिमका रोगले व्याप्त हुने सम्भावना देखिएकाले छिटोभन्दा छिटो फोहर व्यवस्थापनमा लाग्नुपर्ने नगरका बासिन्दा राजु सापकोटाले बताए ।
यस विषयमा स्थानीय विकास अधिकारी कृष्णबहादुर शाहीले नदी किनारमा फोहर फाल्न नहुने र यो वातावरण ऐन नियम निर्देशिकाले पनि कुनै हालतमा फोहर फाल्न नमिल्ने कुरा बताए ।
नदी जस्तो प्राकृतिक स्रोतमा लाखौँ मान्छे आश्रित हुने हुँदासमेत नगरपालिकाले र नगरको राजनीतिक संयन्त्रले समेत निर्णय गर्नै नमिल्ने कुरामा निर्णय गरेको शाहीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जरिवानाको रकम सिधै सरकारी राजस्वमा जान्छ, ट्राफिकले अतिरिक्त भत्ता पाउँदैनन् : नेपाल प्रहरी
-
अमेरिका–इरान तनाव चर्किँदा एक महिनाकै उच्च स्तरमा उक्लियो कच्चा तेलको भाउ
-
प्रधानमन्त्रीको अभिव्यक्ति नसच्चिएसम्म विरोध कायमै राख्ने एमालेको घोषणा
-
संसदमा उठ्यो शङ्कास्पद गाडी पार्किङको विषय
-
शेख हमादको निधनमा शोक व्यक्त गर्न उपराष्ट्रपति यादव कतार जाँदै
-
खमेनी परिवारबारे ट्रम्पको नयाँ दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण