टेलिकमको एडिएसएल इन्टरनेट सुस्त
राजविराज - नेपाल टेलिकम शाखा राजविराजले वितरण गरेको इन्टरनेट सेवा एडिएसएलको नेट विगत एक महिनादेखि कछुवाजस्तै सुस्त गतिमा चलेपछि यहाँका सेवाग्राहीबाट गुनासो आएको छ ।
सप्तरी सदरमुकाम राजविराजसहित विभिन्न स्थानमा टेलिकमले वितरण गरेको एडिएसएल इन्टरनेट सेवा दिन प्रतिदिन सुस्त गतिमा चलेकाले उपभोक्ता अत्यन्त मारमा परेको सेवाग्राहीले गुनासो गरेका छन् ।
शाखाले यहाँ वितरण गरेको एडिएसएल इन्टरनेट सेवा दिउँसो र बेलुका बढी अति ढिलो हुुने गरेको उपभोक्ता विष्णुदेव शर्माले गुनासो गरेका छन् ।
राजविराजबाट प्रकाशित हुने पत्रपत्रिका तथा साप्ताहिक पत्रपत्रिकाको कार्यालयमा जडान गरिएको एडिएसएल इन्टरनेट अत्यन्तै सुस्त गतिमा चलेपछि कामकाज प्रभावित हुनुका साथै समयमा पत्रिका प्रकाशन गर्नमा समस्या भइरहेको राजविराजबाट प्रकाशित न्यूज टुडे दैनिकका सम्पादक श्यामसुन्दर यादवले बताए।
इन्टरनेटको राउटरमा नेटवर्क देखिए पनि कुनै बेवसाइट खोल्ने क्रममा घन्टौँसम्म लाग्ने यादवले गुनासो गर्नुभएको छ । यस्तै, राजविराजस्थित गजेन्द्र चोकमा रहेका मास इन्स्टिच्युटमा जडान गरिएको एडिएसएल नेट सुस्तगतिमा चल्दा इन्स्टिच्युटमा पढ्न आउने विद्यार्थीलाई इन्टरनेटको माध्यमबाट सिकाउन समस्या भएको प्रोपाइटर शैलेन्द्र सिंहले बताए । साथै, समयमा पढाइको पाठ्यक्रम पुरा गर्न गाह्रो भएको उनले जानकारी दिए ।
यस सम्बन्धमा नेपाल टेलिकम शाखा कार्यालय राजविराजलाई पटकपटक जानकारी गराईए पनि हालसम्म कुनै चासो नलिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भानुगृहलाई साझा सांस्कृतिक धरोहरका रूपमा संरक्षण गर्न उपराष्ट्रपतिको आह्वान
-
कटेनी नदीमा जलसतहले सतर्कता तह पार गर्यो, सतर्क रहन आग्रह
-
अमेरिका–इरान द्वन्द्वले तेलको मूल्यमा उछाल, एसियाली सेयर बजार प्रभावित
-
जाजरकोटमा पहिरोले टहरा पुरिँदा एक वृद्धाको मृत्यु, छोरी र नातिनीको उद्धार
-
इतिहासमै पहिलो पटक ६४ देशले विश्वकप खेल्ने सम्भावना, फिफाले थाल्यो अध्ययन
-
नेपाली भाषाको विकासमा आदिकवि भानुभक्त आचार्यको योगदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण