सान्त्वना जितसँगै उरुग्वेको कोपा अमेरिकाको यात्रा अन्त्य
क्यालिफोर्निया – जमाइकाबिरुद्ध सान्त्वना जित हासिल गर्दै उरुग्वेले निराशजनक कोपा अमेरिकाको यात्राको अन्त्य गरेको छ । मंगलबार सम्पन्न खेलमा उरुग्वे ३–० ले विजयी बन्यो ।
पहिलो दुई खेलमा पराजय बेहोर्दै उरुग्वे प्रतियोगिताबाट पहिले नै बाहिरिसकेको छ । यसका बावजुद प्रशिक्षक ओस्कार ताबारेजले बलियो टोली मैदानमा उतारेका थिए ।
उरुग्वेलाई जित दिलाउन अबेल हर्नान्डेज, माथियास कोरुहोले एक–एक गोल गरे र जे भान वाटसनले आत्मघाती गोल गरे ।
जीतसँगै उरुग्वेले कोपा अमेरिकामा ५ खेलको जीतविहिन श्रृंखलाको अन्त्य गरेको छ । यसअघि उरुग्वले पछिल्लो पटक चिलीमा भएको कोपा अमेरिकामा जमाइकामाथिनै १–० को जीत हासिल गरेको थियो ।
सन् १९९७ पछि उरुग्वे पहिलो पटक कोपा अमेरिकाको समूह चरणबाटै बाहिरिएको हो ।
उता, भेनेजुएलालाई बराबरीमा रोक्दै मेक्सिको समूह सीको शीर्ष स्थानमा रहँदै प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
जोसे भेलाजक्वेजले भेनेजुएलालाई अग्रता दिलाए पनि जिसस कोरोनाले मेक्सिकोलाई बराबरीमा ल्याए ।
दोस्रो बन्दै भेनेजुएला पनि अर्को चरणमा प्रवेश गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको दाबी, ‘मेरो लोकप्रियता ५९ प्रतिशत पुग्यो, बजारमा महँगी पनि घट्यो’
-
बारामा पोखरीमा डुबेर बालिकाको मृत्यु
-
भानुगृहलाई साझा सांस्कृतिक धरोहरका रूपमा संरक्षण गर्न उपराष्ट्रपतिको आह्वान
-
कटेनी नदीमा जलसतहले सतर्कता तह पार गर्यो, सतर्क रहन आग्रह
-
अमेरिका–इरान द्वन्द्वले तेलको मूल्यमा उछाल, एसियाली सेयर बजार प्रभावित
-
जाजरकोटमा पहिरोले टहरा पुरिँदा एक वृद्धाको मृत्यु, छोरी र नातिनीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण