स्थानीय निर्वाचनका संरचना निर्माण गरेर स्थानीय निर्वाचन : पौडेल
चितवन - नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसलाई सत्ताको भन्दा व्यवस्थाको चिन्ता रहेको बताएका छन् ।
उनले सरकारमा जानुभन्दा संविधानको कार्यान्वयनको सवाल काँग्रेसको पहिलो चिन्ताको विषय भएको बताए । प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले लामो समयदेखि स्थिर सरकार हुन नसकेका कारण अब संविधान कार्यान्वयन गर्दै स्थिर सरकार निर्माण गर्नेतर्फ काँग्रेस लाग्ने बताए ।
उनले संविधान कार्यान्वयन गर्न सरकारमा जानुपर्छ भन्ने छैन भन्दै भने “कानुन संसद्ले बनाउने हो, काँग्रेस संसद्मा छ, त्यहीँ बसेर कानुन निर्माण गर्दै संविधान कार्यान्वयनमा लाग्छौँ ।”
उनले केपी ओली नेतृत्वको सरकार रहन्छ रहँदैन भन्ने कुरा सरकारमा रहेका घटकको कुरा भएको बताउँदै भने, “काँग्रेसले हटाउँछु भनेर हट्ने र राख्छु भनेर रहने होइन, त्यो घटकमा जबसम्म तालमेल रहन्छ तबसम्म केपी ओली नेतृत्वको सरकार रहन्छ ।”
नेता पौडेलले काँग्रेस स्थानीय निर्वाचन गर्ने पक्षमा रहेको बताउँदै भने “संविधानमा उल्लेख गरिएको स्थानीय निर्वाचनका संरचना निर्माण गरेर स्थानीय निर्वाचन गराउनुपर्छ ।” उनले गाउँ विकास समितिको नभै गाउँपालिका र नगरपालिकाको निर्वाचन गर्नुपर्ने बताए ।
मधेसवादी दललाई सहमतिमा नल्याई स्थानीय निर्वाचन गर्न कठिन हुने बताउँदै नेता पौडेलले मधेसवादी दलसँग गम्भीररुपमा वार्ता गरेर समस्या समाधान गर्नुपर्ने बताए ।
नेता पौडेलले काँग्रेसका भ्रातृ सङ्गठनकोे निर्वाचन भदौ–असोजसम्ममा सम्पन्न हुनुपर्ने पनि बताए । उनले भने “अब भ्रातृ सङ्गठनको निर्वाचन स्थगित हुँदैन, तोकिएको मितिमा नै सम्पन्न हुन्छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको दाबी, ‘मेरो लोकप्रियता ५९ प्रतिशत पुग्यो, बजारमा महँगी पनि घट्यो’
-
बारामा पोखरीमा डुबेर बालिकाको मृत्यु
-
भानुगृहलाई साझा सांस्कृतिक धरोहरका रूपमा संरक्षण गर्न उपराष्ट्रपतिको आह्वान
-
कटेनी नदीमा जलसतहले सतर्कता तह पार गर्यो, सतर्क रहन आग्रह
-
अमेरिका–इरान द्वन्द्वले तेलको मूल्यमा उछाल, एसियाली सेयर बजार प्रभावित
-
जाजरकोटमा पहिरोले टहरा पुरिँदा एक वृद्धाको मृत्यु, छोरी र नातिनीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण