ज्यान मुद्दामा फरार युवक पक्राउ
मङ्गलबार, ३२ जेठ २०७३, १४ : ०१
बर्दिबास–ज्यान मार्ने मुद्दामा लामो समयदेखि फरार हुँदै आएको १ जनालाई प्रहरीले महोत्तरीको सुन्दरपुरबाट पक्राउ गरेको छ ।
गएराति प्रहरी चौकी मगरथानाबाट गएको टोलीले सुन्दरपुर १ का २८ बर्षिय अमरेश यादवलाई घरबाटै पक्राउ गरेको हो ।
अमरेशले वि. सं. २०७१ साल कात्र्तिक ८ गतेका दिन स्थानिय उपेन्द्रराय यादवलाई मरासन्न हुने गरि रडले कुटपिट गरेको प्रहरीले जनाएको छ । सो घटना लगतै फरार रहदै आएको अमरेश घर आएको सुराकी पाएपछि प्रहरी चौकी मगरथानाबाट गएको गस्ती टोलीले अमरेशलाई घरबाटै पक्राउ गरेको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
पक्राउ परेको अमरेशलाई आवश्यक कारवाहीको लागि आजै जिल्ला पठाईने तयारी भईरहेको प्रहरी निरीक्षक शम्भु पोखरेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको दाबी, ‘मेरो लोकप्रियता ५९ प्रतिशत पुग्यो, बजारमा महँगी पनि घट्यो’
-
बारामा पोखरीमा डुबेर बालिकाको मृत्यु
-
भानुगृहलाई साझा सांस्कृतिक धरोहरका रूपमा संरक्षण गर्न उपराष्ट्रपतिको आह्वान
-
कटेनी नदीमा जलसतहले सतर्कता तह पार गर्यो, सतर्क रहन आग्रह
-
अमेरिका–इरान द्वन्द्वले तेलको मूल्यमा उछाल, एसियाली सेयर बजार प्रभावित
-
जाजरकोटमा पहिरोले टहरा पुरिँदा एक वृद्धाको मृत्यु, छोरी र नातिनीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण