जब आमाले ज्वाइँलाई बिहे गरेर घर भित्र्याइन्
पटना – बिहारको मध्यपूरा जिल्लामा रहेको एक गाउँमा अनौठो घटना बाहिर आएको छ । एक महिलाले आफ्नो छोरीको पति (ज्वाइँ)सँग प्रेम गर्न पुगिन् । उनीहरुको प्रेमकथा यहाँ नै टुंगिएन, यसलाई अगाडि बढाउँदै विवाह समेत गरे । सासु र ज्वाइँ बनेर घरबाट निक्लेला दुवै पति–पत्नी बनेर घर फर्के । यो देखेर छोरी बेहोस नै बनिन् ।
आशा देवीले केही वर्षअघि आफ्नो छोरीको धुमधामसँग विवाह गराएकी थिइन् । तर, अहिले उनले आफै ज्वाइँसँग पूर्णियामा रहेको अदालतमा विवाह गरिन् ।
बिरामी स्याहार्दा बस्यो प्रेम
विवाहको केही दिनपछि आशा देवीका ज्वाइँ सुरज बिरामी भए । उनी बिरामी भएको खबरपछि उनलाई स्याहार सुसार गर्न उनी त्यहाँ पुगिन् । यही दौरन दुवैबीच प्रेम बस्यो ।
त्यसपछि दुवैबीच घण्टौ फोनमा कुराकानी हुन थाल्यो । सुरजका ससुरा दिल्लीमा काम गर्ने हुँदा उनी आशा देवीलाई भेट्न पनि बारम्बर गईराख्थे । अब उनले आफ्नो पत्नीलाई घरमा छाडेर ससुरालीमा बस्न पुगेका छन् ।
यसमा गाउँमा पंचायतमा राखिएको थियो । तर, पंचायतले प्रेम बसेको हो भने दुवैलाई सँगै बस्न अनुमति दिए । पंचायतको निर्णयबाट दुवै खुसी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति
-
हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ
-
मन्त्री बादीद्वारा बालमन्दिर ‘अटिजम’ विद्यालय अनुगमन
-
इरानी फुटबल टोलीलाई अमेरिका प्रवेशमा सहजता, इजिप्टसँगको खेलका लागि दुई दिनअघि आउन पाउने
-
सामाजिक विकृतिविरुद्ध नाटक ‘सहीछाप’
-
शीर्ष स्थानका लागि इङ्गल्याण्ड र घाना भिड्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण