सेयर बजार : २ अर्व १९ करोड ७८ लाख कारोवार
मङ्गलबार, ३२ जेठ २०७३, १५ : ५५
काठमाडौं–सेयर बजारमा मंगलवार २ अर्व १९ करोड ७८ लाख ५९ हजार ८ सय ५९ रुपैयाँको कारोवार भएको छ । आज बैंक र अन्य समूहको वाहेक सवैको सेयर कारोवार बढेको छ । आज १ सय ३४ कम्पनीको ३७ लाख ५१ हजार ६ सय ३५ कित्ता सेयर खरिद विक्रि भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । मंगलवार समग्र सेयर वजारमा ४.५६ अंकको वृद्धि देखिएको छ भने नेप्से इन्डेक्स १६१४.१५ अंकमा पुगेर अडिएको छ । आज दिनभर होटल समूहको परिसूचक ५९.१८, जलविद्युत समूहको ५६.३७, बीमा समूहको ११२.५३, उत्पादनमुलक समूहको सूचक ४२.३१ अंकले बढेको छ । आइतवार र सोमवार बीमा समूहको सूचक घटेको थियो । यस्तै, विकास बैंक समूहको सूचक १४.४६, फाइनान्स कम्पनीको ३ अंकले वृद्धि देखिएपनि बैंकिङ समूहको सूचक ६.२२ र हन्य समूहको ३.५२ अंकले घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भानुगृहलाई साझा सांस्कृतिक धरोहरका रूपमा संरक्षण गर्न उपराष्ट्रपतिको आह्वान
-
कटेनी नदीमा जलसतहले सतर्कता तह पार गर्यो, सतर्क रहन आग्रह
-
अमेरिका–इरान द्वन्द्वले तेलको मूल्यमा उछाल, एसियाली सेयर बजार प्रभावित
-
जाजरकोटमा पहिरोले टहरा पुरिँदा एक वृद्धाको मृत्यु, छोरी र नातिनीको उद्धार
-
इतिहासमै पहिलो पटक ६४ देशले विश्वकप खेल्ने सम्भावना, फिफाले थाल्यो अध्ययन
-
नेपाली भाषाको विकासमा आदिकवि भानुभक्त आचार्यको योगदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण